पलविरुद्ध एक महिनाअघि नै कास्की प्रहरीमा पुगेको थियो उजुरी

पलविरुद्ध एक महिनाअघि नै कास्की प्रहरीमा पुगेको थियो उजुरी

काठमाडौं : अभिनेता पल शाहविरुद्ध एक महिनाअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी पुगेको खुलेको छ । 

कास्कीका एक प्रहरी अधिकारीकाअनुसार उमेर नपुगेकी किशोरीलाई विवाहको प्रलोभनमा यौन शोषण गरेको उजुरी लिएर पीडित परिवार प्रहरी कार्यालय आएको थियो । उजुरीका सम्बन्धमा कास्की प्रहरीले छलफल गरेर तनहुँ प्रहरीमा पठाएको थियो । 

यदि कास्की प्रहरीमै दर्ता गर्न चाहे पनि गर्न सकिने र दर्ता गरेर केस तनहुँमै पठाउने कानुनी प्रक्रियाबारे जानकारी गराइएको थियो । पीडित परिवार पछि आउने भनेर गएको ती प्रहरी अधिकारीले अन्नपूर्णलाई जानकारी दिए । 

यसबारे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले कास्की प्रहरीकै समन्वयका आधारमा केस तनहुँमा पठाइएको बताए । ‘त्यसको कार्यक्षेत्र तनहुँ भएकाले त्यता पठाएको हो,’ उनले भने ।  

यता तनहुँ प्रहरी प्रवक्ता डीएसपी युवराज खड्काले उजुरी दर्ता गरेर अनुसन्धानको क्रममा रहेको जानकारी दिए । 

मुलुकी अपराध संहिताअन्तर्गत १८ वर्ष उमेर नपुगेकी किशोरीसँग सहमतिमै यौन सम्बन्ध राखेमा पनि जबर्जस्तीकरणी नै मानिन्छ । उक्त कसुरमा बढीमा १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.