एमसीसी सदनको विषय हो, त्यहीँ जवाफ दिन्छौ : एमाले सचिव भट्टराई

एमसीसी सदनको विषय हो, त्यहीँ जवाफ दिन्छौ : एमाले सचिव भट्टराई

उदयपुर : नेकपा एमाले सचिव तथा पूर्वपर्यटन मन्त्री योगेश भट्टराईले नेकपा एमाले एमसीसीका बिषयमा समय आएपछि सदनबाट जवाफ दिने बताएकाछन्। 

स्थानीय निर्वाचनलाई लक्षित गरी पार्टीको प्रशिक्षण कार्यक्रममा सदरमुकाम गाईघाट आईपुगेका नेता भट्टराईले शनिबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले मुलुकको जिम्वेवारी पार्टी भएकाले एमसीसीको सवालमा उचित समयमा उचित निर्णय दिने बताए।

सत्तासिन दललाई ‘नौटकींको संज्ञा दिँदै उनले भने, ‘एमसीसी सदनको विषय भएकाले त्यसको जवाफ उत्तेजना र भावनामा बहकिएर सडक दिदैनौँ सम्बधित ठाउँ सदनबाट दिन्छौ, जुन प्रकृयामा हामी पुगिसकेका छैनौ।’ उनले भने, ‘सत्तामा बस्ने, झण्डा हल्लाउँदै हिड्ने अनी बाहिर आएर कार्यकर्ता उफारेर टाउको फुटाउन लगाउने लोकतन्त्रमा यो कस्तो चरित्र बोकेको सत्तासाझेदार दल हो, यसले मुलुक कहाँ पुर्याउँछ, त्यसैले पहिला जिम्मेवार भएर प्रस्तुत हुन सिक्नुस।’

सचिब भट्टराईले भने, ‘सत्तामा बस्ने सहि गर्ने अनि बाहिर आएर हाम्रो असहमति छैन भन्दै रोईलो गर्ने लोकतन्त्रमा यस्तो लाजमर्दो गाईजात्रा देखाउन हुन्छ।’ उनले गठबन्धन सरकार बने यता मुलुकमा आर्थिक बिपत्ती र बाह्य शक्ति सन्तुलन नीति कमजोर बन्दै गएकाले अनिर्णयको बन्दी बनाउने गठबन्धन छिटो भत्काउनु पर्ने बताए।

सचिव भट्टराईले भने, ‘यो गठबन्धन भत्किनु अनिवार्य छ, गठबन्धन जहिलेसम्म रहन्छ, मुलुक अनिर्णयको बन्दी रहन्छ, अस्थिरता रहिरहन्छ, त्यसैले यो छिटो भत्किनुपर्छ।’ ‘देउवा नेतृत्वको सरकार आएपछि कमजोर अर्थतन्त्र, वैदेशिक व्यापारमा घाटा, न्युन रेमिटान्स जस्ता समस्या देखिएकाछन्, जुन मुलुकका लागि दुर्भाग्य हो,’ उनले भने, ‘गठबन्धन जोगाउन आफूखुशी मन्त्रालय थप्ने, कार्यकर्ता भर्तिकेन्द्र बनाउने जस्ता प्रवृतिले मुलुकको राजश्वसले सामान्य खर्च धान्न सक्ने अवश्था छैन्।’

अहिले सत्ता गठबन्धनभित्र देखिएको संकटलाई राष्ट्रिय संकटको रुपमा देखाइएको र मुलुकलाई भूराजनीतिक चलखेलको केन्द्र बनाइएको भट्टराईले टिप्पणी गरे। ‘अहिले गुटको संकट ल्याएर पार्टीमा थुपार्ने र पार्टीको संकट ल्याएर गठबन्धनमा थुपार्ने, अनि गठबन्धनको संकटलाई राष्ट्रिय संकटकोरुपमा खडा गरेर नेपाललाई भूराजनीतिक चलखेल अखडा बनाइएको छ’ उनले बताए। 

भट्टराईले भने, ‘यो सत्ता गठबन्धनको असफलता हो, यसले मुलुकलाई अन्तर्राष्ट्रिय रुपमा बेइज्जत गरेको छ। मुलुकको अन्तर्राष्ट्रिय छवि धमिलो भएको छ। यसको गठबन्धनले जवाफदेहिता लिनुपर्छ।’ उनले समय र परिवेशले मुलुकलाई नयाँ जनादेशमा जानु पर्ने अवश्था देखायो त्यसैले लोकतन्त्रलाई सुदृढिकरण गर्न, कमजोर आर्थतन्त्रलाई वलियो बनाउन छिटो भन्दा छिटो निर्वाचन गराई स्थायी सरकार बनाउनु पर्ने धारणा राखे।

उनले एमसीसीको बिषयमा प्रधानमन्त्री देउवाले एमालेसँग संवाद गरे पनि आफूहरुले उठाएको कुरा सम्बोधन नभएसम्म खाली चेकमा सही गरेर नदिने स्पष्ट पारे। ‘हामीले उठाएका कुरा सम्बोधन नगरी ब्ल्यांक चेक दिनुस् भन्नुभएको छ,’ भट्टराईले भने, ‘एमालेले ब्ल्यांक चेक दिँदैन, ब्ल्याक एण्ड ह्वाइट नै हुनुपर्छ।’

एमसीसीका बिषयलाई लिएर पछिल्लो समय नेपाल शक्तिराष्ट्रको खेलोफड्को गर्ने थलो भएकाले सरकारलाई जिम्मेवार ढंगले प्रस्तुत हुन उनले चेतावनी दिए। उनले भने, ‘नेपालको भूमि र आकाश कसैको खेलौना नभएकाले देश र जनतालाई अहित हुने विषय प्रति एमाले सचेत र गम्भिर छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.