खनालको ‘बग्ने पानीले’

खनालको ‘बग्ने पानीले’

काठमाडौं : रामप्रसाद खनालको ५२औं गीति एल्बम ‘बग्ने पानीले’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। 

पछिल्लो दुई महिनामा चार गीत सार्वजनिक गरिसकेका खनालको गीतमा आफ्नै शब्द, संगीत र स्वर छ।  ‘यो एउटा विशुद्ध मनोरञ्जनात्मक लोकगीत हो। लोकका विभिन्न पीडा र वास्तविकतालाई गीत, कविता र गजलमा उतार्दै आएकोमा यस पटक मनोरञ्जन दिने फरक शैली अपनाएको छु’, 
खनाल भन्छन्। 

भिडियोमा नायिका रजनी केसीले उनलाई साथ दिएकी छन्। निर्मल शर्माको निर्देशन, संमम विष्टको कोरियोग्राफी, राजु केसीको छायांकन रहेको म्युजिक भिडियो युट्युबमा रिलिज गरिएको छ। 

‘मैले जिन्दगीमा धेरै गीत गाएँ। विभिन्न किसिमका गीत गाएँ। तर, यो विशुद्ध मनोरञ्जनात्मक लोकगीत हो’, उनी भन्छन्, ‘जिन्दगीमा मनोरञ्जनको पनि उत्तिकै आवश्यकता छ र हुनुपर्छ। त्यसैले यसपटक मैले मनोरञ्जनात्मक लोक गीत गाएँ।’ प्रत्यक्ष प्रणालीको निर्वाचनमा अधिक पैसा खर्च गर्ने र गराउने विसंगतिको विकल्प खोजिनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.