ताप्लिका विद्यालयलाई ल्यापटप र प्रिन्टर

ताप्लिका विद्यालयलाई ल्यापटप र प्रिन्टर

उदयपुर : उदयपुरको ताप्लि गाउँपालिकाले ‘प्रविधि मैत्री’ विद्यालय अभियान सुरु गरेको छ। ल्यापटप र पिन्टर सहयोग गरेको छ। विश्वमा प्रविधिको विकासले तिव्रता पाईरहेको बेला गाउँपालिकाले शिक्षाको गुणस्तरलाई बृद्धी गर्न अभियान सुरु गरेको हो।

पालिकाले पहिलोचरणमा आधारभूत तहका १८ वटा विद्यालयलाई ल्यापटप र प्रिन्टर १/१ थान उपलब्ध गराएको शिक्षा अधिकृत सन्जु दाहालले बताईन्। बाँकी २३ विद्यालयलाई यसै आर्थिक वर्षमा दोश्रोचरणमा वितरण गर्ने योजना रहेको उनले बताईन्। 

५ वटा वडा रहेको पालिकामा ६ माध्यमिक र ३५ वटा आधारभूत विद्यालय रहेका छन्। सबै विद्यालयलाई प्रविधि मैत्री बनाउन पालिकाले अभियान सुरु गरेको गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाले बताए। उनले भने, ‘प्रविधिमा एकै पटक ठूलो फडको मार्न नसकेपनि क्रमशः विस्तार गर्ने योजना छ, त्यसैले पहिलोचरणमा प्रविधि हस्तान्तरण त्यसपछि शिक्षकको सिप विकासमा ध्यान दिन्छौ।’

‘हाम्रो मुख्य लक्ष्य गुणस्तरिय शिक्षा नै हो,’ अध्यक्ष थापाले भने, ‘त्यसका लागि गाउँपालिकाले शिक्षा ऐन बनाई सकेको छ, त्यहीँ अनुरुप विद्यालयलाई प्रविधि, स्रोतसाधन, दंक्ष जनशक्तिले सम्पन्न बनाउँदै जान्छौ।’
 
पालिकाका उपाध्यक्ष कमलमाया राईले विद्यालयको शैक्षिक सुधार तत्कालको आवश्यकता रहेकाले पालिकाले योजना बनाएर काम अघि बढाएको बताईन्। उनले सिकाइ, शिक्षकको क्षमता विकास र प्रशासनिक कार्यलाई छिटो, छरितो र भरपर्दो बनाउन प्रविधिको प्रयोग गर्ने गरी प्रविधि हस्तान्तरण गरिएको बताईन्। 

पालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रकम मध्ये करिव २६ लाख रुपैयाँमा ल्यापटप र प्रिन्टर २३÷२३ थान खरिद गरेको अधिकृत दाहाले बताईन्। खरिद गरिएका मध्ये १८÷१८ थान एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापा, उपाध्यक्ष कमलमाया राईले सम्बन्धित बिद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गरेका हुन् बाँकी ५÷५ थान दोस्रोचरणका वितरण गरिने उनले बताईन्। 

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामाले पालिकाका सबै वडा र विद्यालयमा विद्युत विस्तार भईनसकेकाले दोश्रो चरणमा प्रविधि हस्तान्तरण गर्ने योजना रहेको बताए। उनले भने, ‘यहीँ आर्थिक वर्ष भित्र पालिकाका सबै वडा र विद्यालयमा विद्युत विस्तार गर्ने गरी तिव्ररुपमा काम भईरहेको छ, पुग्नसाथ प्रविधि हस्तान्तरण गर्छौ।’

प्रविधि बुझ्दै कालिका आधारभूत विद्यालयका गहते वडानं ५ का प्रधानाध्यापक वालकृष्ण गुरगाईले कार्यालयको कामकाजलाई मात्र नभई शिक्षण विधीलाई सहज बनाउन प्रविधिले सहयोग पुग्ने बताए। उनले अझै पनि शिक्षण विधीहरु पुरानै शैलिमा रहेको अवश्थामा यसखालका प्रविधिले खोज अनुसन्धानलाई फरक बनाउँदै नयाँ सिकाइको विस्तार गर्न मद्धत पुग्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.