कार्यकर्ता थुमथुम्याउँदै प्रचण्ड

कार्यकर्ता थुमथुम्याउँदै प्रचण्ड

काठमाडौं : एमसीसी अनुमोदन गरेको आक्रोश बढेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कार्यकर्ता थमथमाउन थालेका छन्। एमसीसीको विषयमा दोहोरो चरित्र प्रदर्शन गरेका प्रचण्डकै सहमतिमा अन्ततः एमसीसी अनुमोदन भएको छ। 

यसले गर्दा पार्टीभित्र र बाहिर पनि प्रचण्डको व्यापक आलोचना र बिरोध भइरहेको छ । नेता नारायणकाजी श्रेष्ठदेखि युवा नेता लेखनाथ न्यौपानेसम्म बिरोधमा उत्रिएका छन्। सामाजिक सञ्जालमा उनको व्यापक विरोध भएको छ। कतिपय नेता, पार्टी कार्यकर्ता निरास भएका छन् भने कतिपयले माओवादी केन्द्र छोडेको पनि घोषणा गरिरहेका छन्। आफू चतुर राजनीतिक खेलाडी सम्झिने प्रचण्ड एमसीसीका विषयमा कमजोर सावित भएका छन्। हरेक विषयमा आफनो आडभरोसा दिने सहकर्मी नेता र कार्यकर्ताले नै धोका महसुस गरेका छन्।   

प्रचण्डप्रति चौतर्फी आक्रोश बढेपछि पत्रकार सम्मेलन नै गरेर स्पष्टीकरण दिनुपर्ने बाध्यता आइलागेको छ। खुमलटारमा पत्रकार सम्मेलन गरेर उनले संविधान नै डिरेलको अवस्थामा पुग्न थालेपछि एमसीसी अनुमोदनमा सहमत  जनाएको भन्दै स्पष्टीकरण दिएका छन्। ‘सडकमा समेत नाराबाजी भइरहेको थियो, गठबन्धन विघटन हुनेदेखि सरकार परिवर्तनसम्मको खेल पनि भयो, यसले संविधान नै डिरेलको अवस्थामा पुग्न थालेपछि एमसीसी अनुमोदन गर्न सहमति  जनाएँ,’ उनले स्पष्टीकरण दिँदै  भने। 

संशोधन र परिमार्जन गरेर मात्र एमसीसी अनुमोदन गर्नुपर्ने आफूले बताउँदै आएको र  प्रतिनिधिसभाबाट ‘व्याख्यात्मक घोषणा’ गरी सदनबाट पारित गराउन माओवादी केन्द्रले सहमति जनाएको प्रचण्डले स्पष्ट पारे।

भियाना सन्धिअनुसार पनि प्रतिनिधिसभाबाट ‘व्याख्यात्मक घोषणा’ गरिएको विषय अर्को पक्षले स्वीकार्नुपर्ने उनको भनाइ छ। उनले एमसीसी सम्झौता अनुमोदन महाकाली सन्धिजस्तो नरहेको बताए। 
महाकाली सन्धिमा गरिएको संकल्प प्रस्ताव भारतले अस्विकार गर्दै आएको छ। ‘प्रतिनिधिसभाबाट घोषणा भएको अर्को पक्षले स्वीकार्नुपर्ने र नस्वीकारे स्वतः खारेज हुने अन्तर्राष्ट्रिय कानुनका ज्ञाताको सुझाव आएपछि आफूले शीर्ष नेताहरूमाझ राखेँ,’ उनले भने, ‘यसबारे काठमाडौंस्थित अमेरिकी दूतावासलाई पनि जानकारी दिएर अनुमोदन गरिएको हो।’

अन्तर्राष्ट्रिय कानूनअनुसार मान्यता पाउने गरी संविधान, देशलाई बचाएर प्रतिनिधिसभा घोषणापत्र जारी गरेर एमसीसी अनुमोदन गरेपछि आफू खुसी भएको प्रचण्डको भनाइ छ। भित्र भइरहेको बिरोधप्रति कोही पनि सेन्टिमेन्टमा आउन नहुने भन्दै उनले चेतावनी समेत दिएका थिए। प्रचण्डले नेता नारायणकाजीलाई वामदेव गौतमबाट पाठ सिक्न पनि आग्रह गरे। महाकाली सन्धिको समयमा गौतमले एमाले विभाजन गरेका थिए तर पुनः उनी एमालेमै फर्किनुपर्ने अवस्था आयो, पछिल्लो समयमा भने वामदेव एमालेबाट राजीनामा दिएर बसेका छन्। श्रेष्ठ आक्रामक भएपछि प्रचण्डले आश्वस्त पार्दै आफ्नो कुरा बाहिरभन्दा पनि केन्द्रीय कमिटीमा राख्न अनुरोध गरेका हुन्। ‘नारायणकाजी कमरेडलाई मैले भने तपाईंलाई मतभेद राख्ने अधिकार छ। सबै एकै मत हुनुपर्छ भन्ने छैन। 

तपाईंको विचारलाई सम्मान पनि गरिन्छ। केन्द्रीय कमिटीको बैठक आउँदै छ। कमिटीमा आफ्नो कुरा राख्नुस्, बाहिरचाहिँ नबोल्नुस्,’ उनले भने। वामदेव गौतमले महाकाली सन्धि राष्ट्रघाती भनेर पार्टी फुटाएको तर चुनावमा जिरो भएको उदाहरण दिँदै उनले श्रेष्ठलाई फकाए। ‘महाकाली सन्धिका बेला विचरा वामदेवले राष्ट्रघात भनेर एमालेको आधा केन्द्रीय कमिटी लिएर जानुभयो। भोट आउने बेला जिरो। एउटा जित्नु भएन। कोही सेन्टिमेन्टमा आउन आवश्यक छैन’, उनले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.