चन्द्रागिरिमा प्रतिभाको खोजी

चन्द्रागिरिमा प्रतिभाको खोजी

काठमाडौं : अग्रसर पुस्तकालयले महाशिवरात्रीको अवसरमा चन्द्रागिरि हिल्समा नव प्रतिभा खोजी र प्रोत्साहन गरेको छ। पुस्तकालयले चित्रकला, निबन्ध, खुला लेखनलगायतका विधामा प्रतियोगिता आयोजना गरेको हो।

प्रतियोगिता ७० बढी बालबालिकाको सहभागिता रहेको पुस्तकालयका अध्ययक्ष तीर्थराज बलामीले जानकारी दिए।  १० वर्षमुनिका बालबालिकाहरूको चित्रकला प्रतियोगितामा मनोज बलामी पहिलो, ऋतिक गिरी दोस्रो र अर्जुनसिंह चौधरी तेस्रो भए। यस विधामा २० बालबालिकाको सहभागिता रहेको थियो। 

यसैगरी १० वर्षमाथिको चित्रकला प्रतियोगितामा ममता बलामी पहिलो, एञ्जल आलेमगर दोस्रो र सञ्जिता श्रेष्ठले तेस्रो स्थान हात पारे। यस विधामा ३३ बालबालिकाले भाग लिएका थिए। खुला लेखन प्रतियोगितामा अपेक्षा गिरी, सफरोन बलामी र प्रभासन श्रेष्ठले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हात पारे। खुला लेखनमा १७ जनाले सहभागिता जनाएको पुस्तकालयका संरक्षक श्याम बलामीले जानकारी दिए। 

प्रतियोगिताको निर्णायकको भूमिका साहित्यकार मुकुन्द आचार्य र भीमनारायण श्रेष्ठले निर्वाह गरेका थिए। प्रतियोगिताका विजेतालाई पुस्तकालयका संरक्षक सानुकाजी खड्गी, चन्द्रागिरि हिल्सका विनायक पन्त, साहित्यकार मुकुन्द आचार्य, भीमनारायण श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए। 

चन्द्रागिरि–४ मा रहेको पुस्तकालयले प्रत्येक वर्ष नव प्रतिभा प्रोत्साहन कार्यक्रम गर्दै आएको पुस्तकालयका सचिव ईश्वर बलामीले जानकारी दिए। भालेश्वर मन्दिरको धार्मिक तथा पर्यटन प्रर्वद्धनका लागि प्रतियोगिता हुने गरेको साहित्यकार एवं पुस्तकालय संरक्षक श्याम बलामीले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.