महोत्सवमा तताए कलाकारले स्टेज

महोत्सवमा तताए कलाकारले स्टेज

चितवन : दर्शकको हुटिङसहित गायक हेमन्त शर्मा स्टेजमा देखा परे। दर्शक व्यग्र प्रतीक्षामा थिए। उनकै गीत गाएर दर्शकले हेमन्तलाई स्वागत गरे। 

खचाखच दर्शकमाझ ‘तिमीबाहेक मेरो...’ गीतको टुक्का गाएर उनले माहोल सुरुवात गरे। उनको एकपछि अर्को गीतमा दर्शक रमाएर नाच्न थाले। त्यसपछि ‘मूल हौ भने रसाइदेऊ...’ गाउँदा त ताली नै बजाएर साथ दिए। उनको प्रस्तुतिमा दर्शक नाच्दा पसिनाले दर्शक निथु्रक्क भिजे। शर्माको वनमारा, गुडेको रेलले हुटिङ पायो। 

‘थाप न थाप...’  गाउँदा नयाँदेखि पुराना पुस्ता रमाए । बर्खा लाग्यो गीतले सबैलाई नचाएर स्टेजबाट बिदा भए। हेमन्तपछि स्टेजमा आए, संगीतकार अर्जुन पोखरेल। उनले पनि आफ्ना चर्चित गीत गाए। उनले ‘म यस्तो गीत गाउँछु..., धुवाँ सरी...’ गाएर माहोल तताए। गायिका ऋतु कँडेलको प्रस्तुति पनि दर्शकको रोजाइ बन्यो। उनले पनि दर्शकलाई नचाइन्। लुकिछिपी, बाँझो खेतमा, जवानी आयो रेल लगायतका गीत गाइन्।

फागुन १५ गतेदेखि सुरु भएको रत्ननगर महोत्सवमा दिनहुँजसो कलाकारले दर्शकलाई मनोरञ्जन दिएका छन्। सांगीतिक कार्यक्रमलाई बढी केन्द्रित गरिएको सांस्कृतिक संयोजक प्रकाशमणि सापकोटाले बताए। बिहीबार राजु परियार, रचना रिमाल, भूमिका गिरी, विन्दु परियारलगायतले प्रस्तुति दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.