चलचित्र निर्माण प्राविधिकलाई तालिम

चलचित्र निर्माण प्राविधिकलाई तालिम

काभ्रे: तामाङ चलचित्रको बजार व्यवस्थापन तथा गुणस्तरीय तामाङ चलचित्र निर्माण गर्नका लागि तीन दिन तालिम दिएको छ। तीन दिन सम्म प्राविधिकहरुको लागि तामाङ चलचित्र संघ नेपालको आयोजनामा काभ्रेको भकुण्डेमा तालिमको आयोजना गरिएको थियो।

सहभागि चलचित्र प्राविधिकहरुलाई क्यामेरा, मेकप र लाइटबारे तालिम दिएको संघले जनाए। तालिममा सहभागीहरुलाई सममापन गर्दै आइतबार रोशी गाउँपालिका अध्यक्ष डिबी लामाले प्रमाणपत्र वितरण गरेका थिए।

प्रमाणपत्र वितरण गर्दै रोशी गाउँपालिका प्रमुख लामाले कला क्षेत्र संरक्षण र प्रवद्र्धनको लागि सरकारले जोड दिनुपर्ने बताए। गुणस्तर तामाङ फिल्म निर्माण गर्नको लागि यो तालिमले ठुलो सहयोग पुग्ने बताउँदै कलकारिता क्षेत्रमा अनुशासनको पालना गर्नुपर्ने बताए। चलचित्र निर्माणको लागि प्राविधिकहरुको ठूलो सहयोग रहेको र उनीहरुको सहयोगको पनि निर्माण पक्षले मूल्यांकन गर्नुपर्नेमा जोड दिए। तामाङ चलचित्र संघ केन्द्र र रोशी गाउँपालिकाको सहकार्यमा जनचेतनामूलक सामाजिक सञ्जाल नामको छोटो डकुमेण्ट्री निर्माणको लागि छलफल भएको गाउँपालिका अध्यक्ष लामाले बताए।

कार्यक्रममा प्राबिधिक संघका अध्यक्ष पुस्कर लामाले प्राविधिकहरुले आफ्नो परिवारलाई भन्दा पनि फिल्म राम्रो बनाउनको लागि सधै ध्यान दिइरहेको त्यसअनुसारको रकम फिल्म क्षेत्रमा नभएको बताए। राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष विक्रम शाहाले फिल्म निर्माणको क्रममा धेरै विषयबस्तुहरुको पूर्णताले मात्र एक फिल्म निर्माण हुने बताए। कुनै फिल्म निर्माण हुँदैछ भने मुख्य प्राविधिकहरुको भूमिकासँगै गीतसंगीत र दृश्य छायांकनमा ध्यान दिनुपर्ने बताए। तामाङ चलचित्र संघका केन्द्रीय अध्यक्ष कुमार मोक्तानले तामाङ चलचित्र निर्माणमा गुणस्तर र प्रविधिमैत्री बनाउनका लागि तीन दिने तालिमको ब्यवस्था गरिएको जानकारी दिए। ६० जना विभिन्न क्षेत्रहरुमा अबद्ध रहेका प्राविधिकहरुका लागि तालिम दिएको उनले बताए।

नेपाली चलचित्र क्षेत्रमा योगदान गरेर स्वर्गीय भएका कलाकार जयनन्द लामालाई स्मरण गर्दै संघले जयनन्द अवार्डको स्थापान गरि हरेक वर्ष अवार्डबाट सम्मानित गर्ने सघंको योजना रहेको बताए। चलचित्र जगतको कलाकार र कलाकारको कलालाई जिवन्त राख्न संघले आवर्ड घोषणा गरिएको बताए। तामाङ चलचित्र संघ नेपालको आयोजना भएको तालिमको लागि चलचित्र विकास बोर्डले सहयोग गरिएको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.