सुर्के खोलाबाट पानी ल्याएर सिम्रिक हेलिकोप्टरले निभायो नाक्चुङ वनको आगो

सुर्के खोलाबाट पानी ल्याएर सिम्रिक हेलिकोप्टरले निभायो नाक्चुङ वनको आगो

सोलुखुम्बु : सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्ला नजिकैको नाक्चुङ वनमा लागेको आगो नियन्त्रणमा आएको छ। फायर फाइटरसहितको सिम्रिक एयरको हेलिकोप्टर आगो निभाउन बुधबार पनि बिहानैदेखि जुटेको थियो। 

फायर फाइटरसहितको सिम्रिक एयरको हेलिकोप्टरका चालक सुरेन्द्र पौडेल र आङतासी शेर्पा आगो नियन्त्रणमा जुटेका थिए।

हेलिकोप्टरले स्थानीय सुर्के खोलाबाट सोमबार ११७ बकेट, मंगलबार २३ बकेट र बुधबार बिहान २६ बकेट र त्यसपछि ६४ बकेट गरी ९० बकेट पानी ल्याएर आगो नियन्त्रणमा लिएको सिम्रिक एयरका आङतासी शेर्पाले जानकारी दिए। तीव्र वेगको हावाका कारण आगो फैलिएको थियो। तर हेलिकोप्टरले स्थानीय बस्तीतर्फ फैलिएको डडेँलोमा पानी खन्याएपछि आगो फैलनबाट सोमबार नै जोगाएको थियो।

नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख द्वारीका अछामीका अनुसार सोमबार विमानस्थल नजिकैको जंगलमा लागेको आगोको धुवाँले धावन मार्ग ढाकेपछि विमानस्थल केही समय बन्द भएको थियो। आगलागीबाट सल्ला, उत्तिसलगायतका प्रजातिका बोटबिरुवाहरु धेरै मात्रामा नष्ट भइसकेको स्थानीयले बताएका छन् ।

नाक्चुङ वनमा आइतबार रातीबाट आगोलागि भएको हो। 

केहि दिन अगाडि दमौली बजारस्थित भोलेटार चोकमा लागेको आगो पनि सिम्रिक एयरको हेलिकोप्टरले नियन्त्रणमा लिएको थियो। आगलागी नियन्त्रणका लागि काठमाडौंमाबाट सिम्रिक एयरको हेलिकोप्टर दमौली गएको थियो। फायर फाइटिङसहितको सिम्रिक एयरको ९ एन ए जे जेड कलसाइनको सिम्रिक एयरको हेलिकोप्टरका चालकमा सुरेन्द्र पौडेल,राजेन्द्र दुवाल र आङतासी शेर्पा थिए। 

हेलिकोप्टरले स्थानीय मादी खोलाबाट ४५ पटक पानी ओसारेको थियो। दमौलीमा लागेको आगो नियन्त्रण गरिदिन गृह मन्त्रालयले सिम्रिक एयरलाई आग्रह गरेको थियो। आगो नियन्त्रणमा आएपछि फायर फाइटिङसहितको सिम्रिक एयरको हेलिकोप्टर काठमाडौं फर्किएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.