कांग्रेस बारा सभापति : दोस्रो चरणको चुनाव हुने, राजेश र शम्भुबीच प्रतिस्पर्धा

कांग्रेस बारा सभापति : दोस्रो चरणको चुनाव हुने, राजेश र शम्भुबीच प्रतिस्पर्धा

वीरगन्ज : नेपाली कांग्रेस बाराको सभापति चयनका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ । बुधबार भएको निर्वाचनमा सभापतिका ३ जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि सभापति पदका लागि फेरि दोस्रो चरणको मतदान हुने भएको हो । 

बुधबार भएको निर्वाचन अन्तर्गत सभापति पदको बिहीबार बिहान सम्पन्न मतगणना अनुसार संस्थापन पक्षका राजेश राय यादवले सबैभन्दा बढी ८३३ , संस्थापन पक्षकै शम्भुबहादुर बुढाथोकीले ८०९ र संस्थापन इतर पक्षका रामान्द यादवले ७०८ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जानकारी दिए ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुनका लागि कुल खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ । तर बुधबार भएको निर्वाचनमा सभापतिका ३ जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि अब सभापतिका लागि पहिलो चरणमा भएको निर्वाचनमा प्रथम र दोस्रो मत ल्याएका राजेशराय यादव र शम्भु बुढाथोकीबीच प्रतिस्पर्धा हुने उप्रेतीले जानकारी दिए । 

दोस्रो चरणको निर्वाचनका बारेमा निर्णय गर्न आज बिहान ८ बजे सभापतिका उम्मेवारहरुलाइ राखेर निर्वाचन समितिले छलफल गर्ने कांग्रेस बाराको प्रदेश क्षेत्रका सभापति लोकश सिंहले जानकारी दिए । यसअघि बुधबार कलैयास्थित श्री ३ चन्द्र मावि परिसरमा भएको पहिलो चरणको निर्वाचनमा कुल २ हजार ४ सय ९३ मत मध्ये २ हजार ४ सय मत खसेको  थियो । त्यसअघि गत शनिबार कांग्रेस बाराको निर्वाचन, करिब ५० प्रतिशत मत खसेर धाँधली भएको भन्दै स्थगित भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.