प्रदेश सरकारमा काँग्रेसको दुई धार

प्रदेश सरकारमा काँग्रेसको दुई धार

विराटनगर : प्रदेश १को सरकारमा काँग्रेसबाट सहभागी मन्त्री बीचको आपसी मतभेदले भएको रहस्य बाहिर आएको छ। आपसी मतभेदले शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका प्रमुख मिलन आचार्यको सरुवा भएको रहस्य बाहिरिएको हो।  

सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय अन्तरगतको शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका प्रमुख आचार्यले प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको निर्देशनमा भवनको मर्मत सम्भार सुरू गरेपछि उत्पन्न भएको विवादले उनको बुधवार सरुवा गरिएको थियो।  

प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको निकट रहेर विभागीय मन्त्रीलाई बिना जानकारी मन्त्रालय राख्ने भवनको आफूखुशी मर्मत सभारको काम आफू निकट दुई ठेकेदारलाई  दिएको भन्दै उनको मुख्यमन्त्रीको कार्यालयले सरुवा गरिएको समाचार स्रोतले जानकारी दिए। 

मन्त्री केदार कार्की कोइराला निकट मानिन्छ भने मन्त्री हिकाल कार्की देउवा निकटको मानिन्छ। गएको ४ गते आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र स्वास्थ्यमन्त्री जयराम यादव, विराटनगर महानगरपालिका मेयर भिमपराजुलीसहित भवन निर्माण कार्यालयका विराटनगरका प्रमुख मिलन आचार्यले विराटनगर महानगरपालिकाको १४ र १५ वडाको बीचमा पर्ने स्वागत गेट निर्माण स्थलको स्थलगत अवलोकन गर्न जाँदा विराटनगर १४ स्थित विराट साईन्स कलेजको भवन निर्माणको काम तीन दिन भित्र सूरु गर्न प्रमुख आचार्यलाई निर्देशन दिइएको थियो। 

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोकोको निर्देशन पछि काम सूरु गरेको प्रमुखलाई विकास तथा सडक पूर्वाधार मन्त्री हिमाल कार्कीले बिना जानकारी काम सूरु गरेको भन्दै विरोध गरेर सरुवा गराएको हो । आफूलाई जानकारी नदिई काम गराएको भन्दै मुख्यमन्त्री कार्यालयमा दबावदिए पछि प्रमुख अचार्यको सरुवा गरिएको हो। मन्त्री हिमाल कार्की निकट लव अधिकारीलेसमेत मर्मत सम्भार भईरहेको स्थानमा गरेर काम गर्ने इच्छा जाहिर गरेका थिए। 

एक ठेकेदारलाई लिएर उनीहरु काम गर्ने भनेपछि कुन काम गर्ने भनेर काम गर्न समेत भनिएको थियो। तर अर्को दिन मन्त्रीको नजिक मानिएका र सहयोगको रुपमा मन्त्रालयमा रहेका लव अधिकारीले काम गर्न नआएको बताइएको छ। उता अधिकारीले काम गर्न ठेकेदार लिएर नगई विधि र पक्रिया मिलाए काम नगरेर मन्त्रालयको बदनाम हुने भन्दै आग्रह गरिएको बताए। उनले भने –‘मन्त्रीजीले भने पछि साईडमा गए , हेरेको कुरा मन्त्री जी भनेको मात्रै हो।‘ 

पत्रिया मिचेर बिना टेन्डर एक करोड  ६४ लाख बराबरको काम आफू निकट ठेकेदारमार्फत गराउन थालेको पाइएपछि मुख्यमन्त्रीको कार्यालयले काम गर्ने काम गर्न क्षमता नभएकाले सरुवा गरिएको जनाए। सरुवाको कारण मुख्यमन्त्री कार्यालयका सचिव उधव रिजालले काम गर्ने क्षमता नभएको जनाए पनि आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की निकट भएर मन्त्री कार्की संगको सहकार्यमा दुई ठेकेदारलाई काम दिएको कारणले सरुवा गरिएको समाचार स्रोतले जनाएको छ।

प्रमुख आचार्यले सम्बन्धीत मन्त्रालयसंग कुनै सवन्वय नगरिकन आफू निकट दुई ठेकेदार थपीएको मन्त्रालय राख्न विराटनगर १४ जतुवास्थित विराट साइन्स क्याम्पसको भवनको मर्मत सम्भार गर्न अवैध निर्माण सेवा र प्रियका कन्ट्रक्सलाई मौखिमरुपमा रातरात काम दिएपछि उत्पन्न भएको विवाद पछि काम बन्द भएको थियो।   

१५ दिनमा काम सम्पन गर्न आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले निर्देशन दिएकाले आफू तत्काल काम सुरु गरेको उनले बताउँदै आएका थिए। आचार्यले आफ्नो बुधवार सरुवा भएको बताए पनि अधिकारीक जानकारी नआएको सुनाए। सो भवनको ‘अहिले चमेना गृह भवन, गार्ड आवास, छाना फेर्ने, रङरोगन, हाता पर्खाल, भूई र सिंढीमा मार्बल लगाउने कार्य, शौचालय र विद्युतको मर्मत सम्भार सुरू भएको थियो। 
 
प्रदेश १ सरकारले सात मन्त्रालय फुटाएर १३ वटा बनाएपछि मन्त्रालय राख्ने ठाउँको एक करोड ६३ लाखको स्टीमेट बनाएर अर्थ मन्त्रालयमा पठाएको छ। अचार्यले काम गर्ने ठेकेदारसंग कुनै सम्झौता नभएको र मन्त्रीको आदेशमा काम गरेको बताउँदै आएको छ।  

काम गर्ने ठेकेदार कन्हैयाले झाले कार्यालय प्रमुखको आग्रहमा काम सुरु गरेर २० प्रतिशत काम सम्पन भएको बताए। हालसम्म २८ लाख बराबरको काम गर्न विभिन्न आवश्यक सामग्रीसमेत साईडका ल्याईसकेको जानकारी दिए। उनले–‘मन्त्रीजी कै निर्देशनमा काम १५ दिनमा सकाउन आदेश आएपछि आफूहरुले मौखिकरुपमा काम सुरु गरेका छौं।‘


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.