एनआरएनएमा चुनावको रौनक बढ्दै : क-कसको पर्‍यो उम्मेदवारी ?

एनआरएनएमा चुनावको रौनक बढ्दै : क-कसको पर्‍यो उम्मेदवारी ?

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) चुनावी रौनक बढ्दै गएको छ । चुनावका लागि दुई पक्ष मैदानमा उत्रिसकेका छन् । 

चुनावका लागि एनआरएनका उपाध्यक्षद्धय डा. बद्री केसी समूह र रबिना थापा समूहले उम्मेदवारी दर्ता गरिसकेका छन् । सुरुदेखि फरक मत राख्दै आएका कुल आचार्य टिम भने चुनावमा भाग लिन हिच्किचाइरहेका छन् । यद्यपी, शुक्रबारसम्म उम्मेदवारी दर्ताको समय छ । 

अब कुल आचार्य टिम नआए पनि चुनाव नरोकिने एनआरएनए अभियान्ताहरु बताउँदै आएका छन् । वार्ताका नाममा एनआरएनएलाई अनिर्णयको बन्दी गराएको भन्दै अब निर्वाचन कुनै पनि हालतमा रोक्न नहुने संस्थापन पक्षमा दवाव छ । लामो समयदेखिको विवाद मिलाउन एनआरएनएको उच्चस्तरको वार्ता भइरहेको छ । तर, वार्ता वार्ता अझै निष्कर्षमा पुग्न सकेको छैन । 

आचार्य टिमले भने आफ्ना माग सुनुवाई नगरेको भन्दै बिहीबारसम्म उम्मेदवारी घोषणामा भाग लिएको छैन । प्रतिनिधि विवादका कारण करिब पाँच महिनादेखि निर्वाचन प्रभावित भएको छ । पटकपटक मिति तय भएर निर्वाचन सरिरहेको थियो । 

निर्वाचनका लागि ३ हजार ६ सय मतदाता छन् । विवाद समाधान गर्न संघले शेष घलेको नेतृत्वमा एक उच्चस्तरीय समिति गठन गरेको थियो । उक्त समितिले १ हजार मतदाता हटाउन सिफारिस गरेको थियो । 

कसको पर्‍यो उम्मेदवारी ? 
 
निर्वाचनका लागि चार दर्जनभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । बिहिबार बेलुकासम्म विभिन्न ५१ पदको लागि पदमा चार दर्जनभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।
उपाध्यक्षको लागि अष्ट्रेलियाबाट धर्मराज अधिकारी, बेलायतबाट डा हेमराज शर्मा, जय प्रकाश गुरुगं, ओमनबाट डिबी क्षेत्री, लगायतको उम्मेदवारी परेको छ । महिला उपाध्यक्षमा साउदी अरबबाट यासमिन बेगम सैयदले उम्मेदवारी दिएकी छिन् । यस्तै अफ्रिकाबाट रोशन थापाले युवा उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । 

महासचिवमा अमेरिकाबाट गौरीराज जोशी र बेलायतबाट विनय अधिकारीले उम्मेदवारी दिएका छन् । सचिवमा अमेरिकाबाट शंकर खड्का, बेलायतबाट रामशरण सिम्खडा, जापानबाट ओम गुरुङ, क्यानाडाबाट चिरनजीवी घिमिरेले उम्मेदवारी दिएका छन् । महिला सचिवमा हङकङबाट राधिका गुरुङले उम्मेदवारी दर्ता गराएकी छिन् । 

महिला सहकोषाध्यक्षमा अमेरिकाबाट युमना भट्टराई, युवा संयोजकमा डेनमार्कबाट रवीन्द्र खड्काले उम्मेदवारी दिएका छन् ।  महिला संयोजककमा बेलायतबाट संगिता मरहठ्ठाले उम्मेदवारी परेको छ । 

युरोप क्षेत्रीय संयोजकमा जर्मनीबाट सन्तोष भट्टराईले उम्मेदवारी दर्ता गरेका छन् ।  ओसिनिया क्षेत्रीय संयोजकमा अष्ट्रेलियाबाट दिनेशराज जोशी र न्यूजील्याण्डबाट लाल केसीले उम्मेदवारी दर्ता गरेका छन् ।  मध्यपूर्व क्षेत्रीय संयोजकमा साउदीबाट राजेन्द्र अर्याल (जोन) को उम्मेदवारी परेको छ ।  यस्तै एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा जापानबाट पारसमणि पोखरेलले उम्मेदवारी दिएका छन् । 

एसिया प्यासिफिक महिला संयोजकमा मकाउबाट शान्तिदेवी अधिकारीले उम्मेदवारी दिएकी छिन् । युरोप क्षेत्रीय उपसंयोजक पदका लागि जर्मनीबाट नवराज रोसायर र बेलायतबाट ललित न्यौपाने र सागर सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् । यता एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा जापानबाट दलिवल खड्का र चीनबाट नवीन विकले उम्मेदवारी दिएका छन् ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.