नेपाल हर्बल उद्योगमा छापा, ठूलो परिमाणमा म्याद गुज्रिएका सामान बरामद

नेपाल हर्बल उद्योगमा छापा, ठूलो परिमाणमा म्याद गुज्रिएका सामान बरामद

वीरगन्ज: सरकारी अनुगमन टोलीले वीरगञ्जको एक उद्योगमा छापा मारेर म्याद गुज्रिएका कस्मेटिक सामान जफत गरी नष्ट गरेको छ। वीरगञ्ज-१० आदर्शनगरस्थित नेपाल हर्बल इण्डस्ट्रिज उद्योगमा अनुगमन टोलीले छापा मारेर ६३ लाख रुपैँयाभन्दा बढी मूल्यको म्याद गुज्रिएका कस्मेटिक सामानहरु बरामद गरी नष्ट गरेको हो। 

आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालय र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयबाट खटिएको अनुगमन टोलीले हर्बल उद्योगमा पुगेर म्याद गुज्रिएर प्रयोगका लागि अयोग्य भएका सामानहरु नष्ट गरेको हो। 

जिल्ला प्रशासन कार्यालयका अधिकृत विनय श्रीवास्तवको नेतृत्वमा खटिएको टोलीले उक्त हर्बल उद्योगमा छापा मारेर म्याद गुज्रिएका ६३ लाख ६२ हजार १ सय ३५ रुपैँया मूल्यका कस्मेटिक सामान जफत गरी जलाएर नष्ट गरेको हो। 

उद्योगको गोदाममा भण्डारण गरी राखिएका म्याद गुज्रिएका क्रिम, कपालमा लगाइने जेल, रंग, नङ-पोलिसलगायत ३२ हजार ५ सय ६ थान कस्मेटिक सामान जफत गरी नष्ट गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख दिलीप खङखत्वेले जानकारी दिए। 

अनुगमन टोलीका प्रमुख श्रीवास्तवका अनुसार विश्वकरण जैन सञ्चालक रहेको उक्त हर्बल उद्योगले म्याद गुज्रिएका कस्मेटिक सामानहरु पनि बजारमा बिक्री गरिरहेको सूचना स्थानीय प्रशासनलाई प्राप्त भएको थियो।  

त्यही सूचनाका आधारमा खटिएको अनुगमन टोली उद्योगमा पुगेर छापा मारेको थियो। उद्योगको गोदाममा छापा मार्ने क्रममा म्याद गुज्रिएका कस्मेटिक सामान फेला परेपछि टोलीले सुरुमा गोदाम शील गरेको थियो। 
त्यसपछि गोदाममा रहेका सामानहरुको उत्पादन मिति, प्रयोग गरिसक्नुपर्ने मितिबारे एक-एक गरी लगत लिएपछि ती सामानहरु जलाएर नष्ट गरिएको श्रीवास्तवले बताए। 

उनका अनुसार कस्मेटिक सामानहरुको प्रयोग गरिसक्नुपर्ने समयावधि, उत्पादन भएको मितिले ३ वर्षको मात्रै थियो। तर, प्रयोग गरिसक्नुपर्ने मिति वितिसकेको भए पनि उद्योगले सामानहरु नष्ट नगरी बजारमा पठाउनका लागि गोदाममै भण्डारण गरी राखेको अवस्थामा भेटिएकाले जफत गरी नष्ट गरिएको श्रीवास्तवले बताए। 

उद्योगका सञ्चालक जैन आइतबार उद्योगमा नभेटिएकाले उनलाई जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन पत्र काटिएको श्रीवास्तवले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.