बारा कांग्रेसको सभापतिमा राजेश राय यादव विजयी

बारा कांग्रेसको सभापतिमा राजेश राय यादव विजयी

वीरगन्ज : नेपाली कांग्रेसको बारा जिल्ला सभापतिमा राजेश राय यादव निर्वाचित भएका छन्। सोमबार बिहान सकिएको मतगणनाको नतिजा अनुसार प्रतिस्पर्धी शम्भुबहादुर बुढाथोकीलाइ ५२ मत अन्तरले पराजित गर्दै यादव सभापतिमा विजयी भएका हुन्। सभापतिमा विजयी यादव, कलैया उपमहानगरपालिकाका मेयर पनि हुन्। 

जिल्ला सभापति चयनका लागि आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा यादवले १ हजार २ सय ६ मत पाएका हुन्। बुढाथोकीले भने १ हजार १ सय ५४ मत मात्रै पाए। 

सभापतिमा निर्वाचित यादव र उनीसँग पराजित बुढाथोकी दुवै जना पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन्। गत बुधबार भएको पहिलो चरणको निर्वाचनमा सभापतिका ३ जना उम्मेदवारमध्ये पार्टीको विधान अनुसार कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि आइतबार दोस्रो चरणको मतदान भएको थियो। 

दोस्रो चरणको मतदानमा कुल २ हजार ४ सय ८० मतमध्ये २ हजार ४ सय ८ मत खसेको थियो। पहिलो चरणको मतदानमा तेस्रो स्थानको मत ल्याएर दोस्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिएका शेखर कोइराला र कृष्ण सिटौला समूहका उम्मेदवार रामानन्द यादवले राजेश राय यादवलाई समर्थन गरेका थिए। तर रामानन्द यादवकै प्यानलबाट उपसभापति, सचिव र सहसचिवमा उम्मेदवारी दिएकाहरुले भने दोस्रो चरणको मतदानमा शम्भु बुढाथोकीलाई समर्थन गरेका थिए। 
बाँकी पदाधिकारी र सदस्यहरुको मतगणना सोमबार दिउँसोदेखि शुरु हुने सहायक निर्वाचन अधिकृत गंगेश्वर अधिकारीले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.