गैँडाकोटमा एक हप्ता लगाएर पल शाहको बयान लिइयो, फेरि तनहुँ फर्काइयो

गैँडाकोटमा एक हप्ता लगाएर पल शाहको बयान लिइयो, फेरि तनहुँ फर्काइयो

काठमाडौं : उमेर नपुगेकी किशोरीमाथि जबर्जस्ती करणीको अभियोगमा न्यायिक हिरासतमा रहेका नायक पल शाहसँग इलाका प्रहरी कार्यालय गैँडाकोटले बयान लिएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाहलाई गैँडाकोट झिकाएर नवलपुर प्रहरीले एक साता लगाएर बयान लिएको हो। प्रहरी स्रोतकाअनुसार शाहले बयानमा अभियोग अस्वीकार गरेका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी दिलीपकुमार गिरीले शाहको वयान लिएर मंगलबार दिउँसो तनहुँ फिर्ता पठाएको बताए। ‘जिल्ला अदालत तनहुँको आदेशमा अनुसन्धानका लागि ल्याएका थियौं। अदालतकै आदेशमा उहाँसँग वयान तथा सोधपुछ अनुसन्धान गरेर पठाएका छौं। अन्य अनुसन्धान भइरहेको छ,’ उनले भने। उनकाअनुसार आज साँझसम्म शाह तनहुँ पुग्नेछन्।

शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेपछि पीडित परिवारले नवलपुरस्थित गैंडाकोट रिर्सोटमा पनि शुटिङका क्रममा जबर्जस्ती करणी गरेको भन्दै शाहविरुद्ध इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएका थिए।

जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि ललाई फकाई प्रलोभन देखाएर जबर्जस्ती करणी गरेको भन्दै पीडित परिवारले दिएको उजुरीका आधारमा अनुसन्धान भइरहेको छ। जिल्ला अदालतबाट पहिलो पाँच दिन र दोस्रोपटक १२ दिनको म्याद लिएर अनुसन्धान जारी छ। थपिएको १२ दिन पनि सकिँदैछ। अनुसन्धान नसकिए प्रहरीले अझै एक साता न्यायिक हिरासतमा राख्न सक्छ। अनुसन्धान पूरा भएमा शाहलाई अदालतमा पेश गर्नेछ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.