७५३ वटै स्थानीय तहमा प्राविधिक शिक्षा सञ्चालन गर्ने शिक्षा मन्त्रीको तयारी

७५३ वटै स्थानीय तहमा प्राविधिक शिक्षा सञ्चालन गर्ने शिक्षा मन्त्रीको तयारी

सिन्धुली: शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देबेन्द्र पौडेलले देशभरका ७५३ वटै स्थानीयतहमा प्राविधिक शिक्षा सञ्चालन हुने बताएका छन्। शुक्रबार कमलामाई नगरपालिका-४ मा रहेको सिन्धुली विद्याश्रम अंग्रेजी मावि सार्वजनिक शैक्षिक गुठीको नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताए। 

‘राजनीतिक पहुँच हुनेहरुले एउटै वडामा तीन वटासम्म प्राविधिक शिक्षालय सञ्चालन गरेका छन्। पहुँच नहुने दुर्गमका क्षेत्रमा एउटा पनि छैन। अब यस्तो अवस्था आउँदैन, सरकारले अब एउटै मापदण्ड बनाएर कम्तीमा एक पालिका एक प्राविधिक शिक्षा सञ्चालन गर्छ,’ उनले भने। 

यसका लागि सबै सामुदायिक विद्यालयहरुमा शिक्षण सिकाई प्रणालीमा समेत गुणात्मक सुधार गर्दै लैजाने बताए। शिक्षकहरुको सेवा सुविधा निजामती कर्मचारी सरह गरिने पनि उनको भनाई छ। 

‘शिक्षक अपमानित भयो भने शिक्षा क्षेत्रमा सुधार हुन सक्दैन। यसका लागि शिक्षा ऐनको संशोधन, भौतिक पूर्वाधारको विकास र शिक्षण सिकाई प्रणालीलाई सुधार गरेर लगिने छ,’ उनले थपे। 

उनले आगामी शैक्षिक शत्रबाट विद्यालयतहको एसइई परिक्षा प्रदेश परीक्षा बोर्डले सञ्चालन गर्ने समेत बताए। यसका लागि यही वर्षभित्र प्रदेश परीक्षा बोर्डको गठन हुनेछ। शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच भएको ५१ बुँदे सहमतिलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री पौडेलको भनाइ छ।

यस्तै कार्यक्रममा पूर्व कृषिमन्त्री तथा संघीय सांसद हरिबोल गजुरेलले राज्यले शिक्षा र स्वास्थ्य क्षेत्रलाई निशुल्क गर्न नसक्दा भ्रष्ट्राचार बढेको तर्क गरे। राजनीतिक नेतृत्व र सरकारले जनअपेच्छा अनुसारको काम गर्न नसक्दा शैक्षिक गुणस्तर झनझन् खस्किँदै गएको गजुरेलको भनाइ छ। 

कार्यक्रममा बागमती प्रदेशका सांसद राजन दाहाल, शिक्षाविद् डाक्टर सुरेशराज शर्मा, गोविन्द गजुरेल लगायतले शैक्षिक क्षेत्रको सुधारका लागि सरकार गम्भीर हुनुपर्ने आवश्यकता औंल्याएका थिए। 

विद्यालय भवन उद्घाटन कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समेत टेलिफोनमार्फत् शुभकामना व्यक्त गरेका थिए।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ३६ लाख र स्थानीय पाँच जना गजुरेल परिवारको आर्थिक सहयोगमा विद्यालयमा दुईवटा १० कोठाको पक्की भवन निर्माण गरिएको विद्यालयका प्रन्सिपल पोषक पौडेलले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.