सुत्केरीलाई पोषणयुक्त आहारा

सुत्केरीलाई पोषणयुक्त आहारा

उदयपुर : सुत्केरीको स्वास्थ्यलाई लक्षित गरी उदयपुरको रौतामाई गाउँपालिकाले ‘उपाध्यक्षसँग सुत्केरी महिला भेटघाट’ कार्यक्रम अघि सारेको छ। पोसिलो खानेकुराको अभावमा सुत्केरी  र नवजात शिशुको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै पालिकाले उपाध्यक्षसँग सुत्केरी कार्यक्रम र बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुत्केरी भेटघाटलाई तीव्रता दिएको हो।

पालिकाले सुत्केरीलाई भेट गर्न जाँदा उनीहरूलाई गुणस्तरीय चामल, घ्यु, गेडागुडी, दाल, अण्डा साथै हात धुने र नुहाउने साबुन, लुगा धुने सरफ, चौबन्दी चोलो र नवजात शिशुका लागि न्यानो कपडा उपलब्ध गराइने गाउँपालिकाका उपाध्यक्ष कुमारी ठकुरीले बताइन्। उनले भनिन्, ‘सबै सुत्केरी कुनै विभेद नगरीसमान दृष्टिकोणले हेरेका छौं।’

चालू आर्थिक वर्षमा एक सयभन्दा बढी सुत्केरी महिलालाई पोषणयुक्त आहारा वितरण गरिएको ठकुरीले बताइन्। उनले भनिन्, ‘अधिकतम जनतालाई सहज हुने गरी वडा कार्यालय नजिक पर्नेहरूको हकमा वडाबाटै र टाढा हुनेहरूलाई घरमै पुर्याउने व्यवस्था मिलाएका छौं।’ गाउँपालिकामा बहुक्षेत्रीय पोषण कार्यक्रम २०७४/७५ देखि नै सञ्चालन हुँदै आए पनि सुत्केरीलाई पोषणयुक्त आहार कार्यक्रम भने गत आर्थिक वर्षदेखि मात्र सुरु गरिएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए।

केही महिनासम्म गर्भवतीलगायत सुत्केरी र नवजात शिशुलाई अत्याधिक पोषणयुक्त आहारको खाँचो पर्ने हुनाले यो कार्यक्रम ल्याइएको खड्काको भनाइ छ। त्यस्तै, गाउँपालिकाका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख बबिता परियारले चालू आवमा उपाध्यक्षसँग सुत्केरी भेटघाट कार्यक्रमबाट १० लाख र पोषण कार्यक्रमबाट १ लाख रुपैयाँ विनियोजन गरी कार्यक्रम सञ्चालन गरिएको बताइन्।

सोही रकममध्येबाट सुत्केरीलाई पोषणयुक्त आहारा वितरण गरिएको हो। खासगरी विपन्न परिवारका सुत्केरी महिला र नवजात शिशुका लागि यो कार्यक्रम फलदायी रहेको उनले बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.