मधेस प्रदेशमा एक महिनामा ६१० सवारी दुर्घटना : ४८ जनाको मृत्यु, ९९२ घाइते
ढल्केवर(धनुषा) : मधेस प्रदेशमा एक महिनाको अवधिमा ६१० वटा सवारी दुर्घटना भएका छन् । फागुन महिनामा मात्रै प्रदेशको आठवटा जिल्लामा गरी ६१० वटा सवारी दुर्घटना भएको मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।
सो अवधिमा दुर्घटनामा परि ४८ जनाको मृत्यु भएको छ भने ९९२ जना घाइते भएका छन् । दुर्घटनामा महोत्तरीमा सबैभन्दा बढी ९ जनाले ज्यान गुमाएका छन् । सर्लाहीमा ८ जना र धनुषा, सिरहा, रौतहटमा ७–७ जनाको मृत्यु भएको हो । यस्तै, बारामा ५, सप्तरीमा ४ र पर्सामा १ जनाको मृत्यु भएको मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।
उक्त तथ्याङ्क अनुसार एक महिनाको अवधिमा धनुषामा सबैभन्दा बढी ११९ सवारी दुर्घटना भएको छ । सर्लाहीमा १०२, सप्तरीमा ८४, रौतहटमा ७६, महोत्तरीमा ७४, सिरहामा ६८, बारामा ६६ र पर्सामा २१ वटा सवारी दुर्घटना भएको ट्राफिक प्रहरीको कार्यालयको तथ्यांकमा उल्लेख छ।
फागुनमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको तथ्यांक छ । दुर्घटनामा परेका साधनमध्ये मोटरसाइकल ५७३, जीप,कार ७७ र टिफर/ट्रयाक्टर ६६ वटा रहेको तथ्याङ्क प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले सार्वजानिक गरेको छ ।