सञ्‍चारकर्मीको वृत्ति विकासका लागि बजेटको कमी हुन दिन्‍न : मुख्यमन्त्री राउत

सञ्‍चारकर्मीको वृत्ति विकासका लागि बजेटको कमी हुन दिन्‍न : मुख्यमन्त्री राउत

वीरगन्ज : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा रहेका सञ्‍चारकर्मी र सञ्‍चारगृहका लागि प्रदेश सरकारले काम गरिरहेको बताएका छन् ।  शुक्रबार वीरगन्जमा मिडिया काउन्सिलले आयोजना गरेको सञ्‍चारमाध्यम र पत्रकार आचार संहिता निर्माणसम्बन्धी सुझाव संकलन कार्यशाला गोष्ठीमा बोल्दै मुख्यमन्त्री राउतले  बजेटको कमी हुन नदिने प्रतिबद्धा जनाए।

प्रदेशका सञ्‍चारकर्मी र सञ्‍चारगृहका लागि प्रदेश सरकारले  सुरुदेखि  नै धेरै गर्न चाहेको भएपनि विविध कारणले हुन नसकेको स्वीकार्दै उनले भने, 'प्रदेश सरकारबाट केहि कमजोरी पनि भएका छन् । तर ती सबैको जिम्मेवारी मैले मात्र लिन सक्दिनँ, सम्बन्धित मन्त्रालयले पनि लिनुपर्छ । '

प्रदेश सरकारले मिडिया काउन्सिल र आम सञ्‍चार प्राधिकरण गठन गरेको बताउँदै मुख्यमन्त्री राउतले दुवै निकायले काम पनि सुरु गरिसकेको बताए । उनले प्रदेशका सञ्‍चारकर्मी र सञ्‍चारगृहको वृत्ति विकासका लागि बजेटको कमी हुन नदिने प्रतिबद्धता जनााएका हुन्।

मुलुकमा भएका हरेक राजनीतिक परिवर्तनको आन्दोलनमा मधेशका सञ्‍चारकर्मीको भूमिका अहम र प्रशंसनीय रहेको पनि उनले बताए ।  उनले इमान्दारिताका साथ सत्य तथ्य सूचना जनतामाझ सम्प्रेषण गर्न पनि सञ्‍चारकर्मीहरुसँग आग्रह गरे । मधेस प्रदेशमा कर्मचारी नै थोरै भएको र भएका कर्मचारीले समेत प्रदेश सरकारलाई अटेरी गर्दै आएकाले काम गर्न समस्या भइरहेको गुनासो पनि उनले पोखे ।

मिडिया काउन्सिलका अध्यक्ष शीवहरि प्रसाद भट्टराइको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्‍चारमन्त्री भरत साह , आमसञ्‍चार  प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव ,नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव  दिपेन्द्र चौहान , केन्द्रीय सदस्य केसी लामिछाने ,प्रदेश अध्यक्ष राजेश कर्ण ,महासचिव श्याम बन्जारा, पर्सा शाखा अध्यक्ष अनुप तिवारी , बारा शाखा अध्यक्ष रेशम तिवारीका साथै पर्सा , बारा र रौतहट जिल्लाका पत्रकारहरुको सहभागीता रहेको थियो ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.