'निर्वाचन आचारसंहिता कर्मकाण्डीमात्रै भयो'

'निर्वाचन आचारसंहिता कर्मकाण्डीमात्रै भयो'

वीरगन्ज: निर्वाचन आयोगले लागू गर्ने निर्वाचन आचार संहिताको कार्यान्वयन पक्ष फितलो हुँदा कर्मकाण्डी मात्रै हुने गरेको सरोकारवालाहरुले बताएका छन्।

शनिबार वीरगन्जमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरुको भूमिका विषयक अन्तक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन्। उनीहरुले निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन अचार संहिता व्यवहारिक पनि नभएको गुनासो गरेका छन्।

यसका साथै सरोकारवालाहरुले अहिलेको निर्वाचन प्रणालीमा हाबी भएका विकृतिहरु नरोकिए कुनै पनि निर्वाचन सर्वसाधरणको पहुँचभन्दा बाहिर पुग्ने पनि बताए। आचार संहिता उल्लंघन गर्ने दल वा उम्मेदवारलाइ कारबाही गरेको दृष्टान्त नभएका कारणले पनि आचार संहिताको प्रभावकारी पालना हुन नसकेको उनीहरुले बताए।

कार्यक्रममा सहभागी संविधानसभा सदस्य अजय द्विवेदीले हरेक चुनावमा निर्वाचन आचार संहिता कागजममा मात्रै सीमित हुने गरेको बताए। ‘यदि निर्वाचन प्रणालीमा देखिएका विकृतिहरु रोकिएन भने अबको १० वर्षमा हुने चुनावमा ९० प्रतिशत उम्मेदवार गैरराजनीतिक, बाहुबली र माफियाहरु नै हुन्छन्,' उनले भने।

नेपाली कांग्रेस पर्साका उपसभापति अशोक कुमार गुप्ताले आचार संहितामा तोकिएको खर्च निर्धारण सीमा एकदमै अव्यवहारिक रहेको बताए। 'महानगरपालिकाको मेयरका उम्मेदवारले अधिकतम साढे ७ लाख रुपैँयामात्र खर्च पाउने भनेर लेखिएको छ। यति रकमले त डमी उम्मेदवारको लागि सामान्य चिया खर्च पनि पुग्दैन,' उनले भेन।

लोकतान्त्रिक समाजवादी पार्टीका वीरगन्ज अध्यक्ष ओम प्रकाश सर्राफले चुनाव खर्चिलो र भड्किलो हुँदै गएका कारण निष्ठाको राजनीति गर्ने नेताहरुले चुनाव जित्ने अवस्था नभएको गुनासो गरे। निर्वाचन आयोगले पनि आचार संहिता उल्लंघन गर्ने दल वा नेतालाई कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै उनले आचार संहितको प्रभावकारी कार्यान्वयनका लागि कारबाहीको दायरालाई बढाउन सुझाव दिए।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कट्वालले राजनीतिक दल र उम्मेदवारले इमान्दारिताका साथ निर्वाचन आचार संहिता पालना गरेको खण्डमा धेरै हद सम्म समस्या नआउने बताए।

पूर्व सञ्चारमन्त्री माधव पौडेलले पनि निर्वाचन सर्वसाधरण नागरिकको पहुँच बाहिर गइरहेको बताए। ‘पछिल्लो समयका चुनाव निष्ठा र सिद्धान्त भन्दा पनि मनि र मसलले प्रभावित भएको देखियोर। यदि यसलाई रोक्न सकिएन भने अबको दिनमा कुनै पनि सर्वसाधरणले चुनाव लडेर जित्ने अवस्था देखिँदैन,' उनले भने।  

आचार संहिता पालनामा दल र उम्मेदवारहरु इमान्दार नेखिएका कारणले नै निर्वाचनमा अनेक विकृतिहरु हाबी हुँदै गएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.