९४ औं ओस्कार अवार्डमा 'कोडा' बन्यो सर्वोत्कृष्ट फिल्म
काठमाडौं : ९४ औं ओस्कार अवार्डमा 'कोडा' उत्कृष्ट फिल्म घोषित भएको छ। तीनवटा विधामा मनोनयमा परेको 'कोडा'ले तीनवटै अर्वाड जित्न सफल भएको हो। यो फिल्म स्ट्री मिङ प्लेटफर्म एम्पल फिल्मसले निर्माण गरेको हो। सर्वाधिक अर्वाड भने 'डुन' फिल्मले हात पारेको छ। १० विधामा मनोनयमा परेको यस चलचित्रले ६ वटा अर्वाड हात पार्न सफल भएको हो। यसपटक 'द पावर अफ द डग' को निकै चर्चामा थियो ।
धेरै सिनेमा विज्ञहरुले 'द पावर अफ द डग' लाई यस वर्षको उत्कृष्ट फिल्मको मुख्य दावेदारका रुपमा लिएका थिए । ९४ औं ओस्कारमा 'द पावर अफ द डग' को डाइरेक्टर जेन क्यापियनले 'बेस्ट डाइरेक्टर' अवार्ड हात पार्न सफल भइन्। उनी 'उत्कृष्ट निर्देशक' को उपाधिका लागि दुई पटक मनोनयन हुने पहिलो महिला निर्देशक बनेकी छन् ।
यस्तै, अभिनेता विल स्मिथले फिल्म 'किङ रिचर्ड' बाट 'बेस्ट एक्टर' अर्वाड प्राप्त गरे। फिल्ममा उनले टेनिस स्टार सेरेना र भेनस विलियम्सका पिता राजा रिचर्डको भूमिका निभाएका थिए। सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड 'द आइ अफ टम्मी फाय' बाट जेसिका चास्टाइनले हात पार्न सफल भइन्। यो फिल्ममा उनले प्रसिद्ध अमेरिकी मिसनरी ट्यामी फेको वास्तविक जीवनको कथालाई पर्दामा चित्रण गरेकी छन् ।