नेपाल-भारत सम्बन्धलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय परिवर्तनमा राखेर हेर्नुपर्छ

नेपाल-भारत सम्बन्धलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय परिवर्तनमा राखेर हेर्नुपर्छ

भारतीय सेनाका पूर्वमेजर जनरल अशोककुमार मेहता नेपाल मामिलाका जानकार मानिन्छन्। नेपाललाई दोस्रो घर मान्ने मेहता नेपाल-भारत सम्बन्धमा गहिरो रुची राख्छन्। नेपाली भाषा प्रष्ट बोल्न सक्ने मेहता सुरक्षा मामिलाका पनि विज्ञ मानिन्छन्। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणलाई नजिकबाट नियालेका मेहता भ्रमणलाई सम्बन्ध सुधारको हिसाबले व्याख्या गर्छन्। नोयडा रामविहारस्थित मेहतासँग उनकै निवासमा नेपाली भाषामा अन्नपूर्ण पोस्ट् डटकमका पत्रकार कमलराज भट्टले गरेको कुराकानी :

नेपालका प्रधानमन्त्रीको भारत भ्रमणलाई कसरी लिनुहुन्छ ? 
यो एकदम महत्वको कुरा हो। किनभने कोभिड वा अरु कारणले चार वर्षदेखि नेपालबाट कोही प्रधानमन्त्री भ्रमणमा आएको छैन। नेपालमा पाँचपटक प्रधानमन्त्री हुनुभएका देउवाजी आउनु नेपाल-भारतका लागि राम्रो कुरा हो। बाइल्याटरल, रिजनल रिलेसनका लागि र खासगरी आजभोलि परिवर्तन भएको जियो-पोलिटिक्स, जियो इकोनोमिक्स, जियो स्टाट्रेजिक झन ठूलो महत्त्व छ। 

प्रधानमन्त्रीको भ्रमण हुँदै गर्दा नेपाल र भारतबीच विभिन्न समस्या छन्। अहिले हाम्रो सम्बन्ध कुन स्थितिमा छ ? 

म पहिला हालै भएको दुई तीनवटा परिवर्तनबारे चर्चा गर्न चाहन्छु। जियो स्ट्राटेजिक कुरा गर्दा नेपालमा एउटा रिजिम चेञ्ज भयो र सरकार बदली भयो। चाइनाले बेस्सरी बल गरेर स्थापित गरेको नेकपाको सरकार टुट्यो। नेकपा पार्टी पनि टुट्यो। ओली सरकार पनि गयो। यो परिवर्तनको पहिलो कुरा भयो। 

दोस्रो एमसीसी सम्झौता हो। ओली सरकारले संसदमा पेस गर्‍यो। जनमत विभाजित भएर पास भयो। यसको चर्चा हुँदा म नेपालमा थिए। नेपालमा दंगा फसाद र प्रदर्शन भयो। नेपालभरीमा यस्तो पोलोराइजेसन कहिले देखेन। चाइना र युएसको एक किसिमको पोक्सी वार चल्यो। चाइना र युएसले डिसइन्फरमेसन क्याम्पेन गरे। पारित नभए द्विपक्षीय सम्बन्धमा परिणाम भोग्नुपर्ने चेतावनी दियो। तर भुल्न नहुने कुरा के हो भने नेपाललाई संयुक्त राष्ट्रसंघमा इन्ट्री गराउन सन् १९५० मा मद्दत गरेको युएसले हो। युएस बाइल्याटरल एडमा पहिलो हो। जापान, युके, इयु, भारत हो। चाइना त पछि आएको हो। जे होस् प्रचण्ड, माधव नेपाल, झलनाथ खनालको अब्जेक्सनलाई एउटा एनएक्चर बनाएर पारित गरियो। मेरो विचारमा यो देउवाजीको व्यक्तिगत जित हो। माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धन सरकारमा भोटलाई म्यानेज गर्नु, संसदमा बहुमत जुटाउनु देउवाजीको जित हो। उहाँको व्यक्तिगत जित हो। मेरो विचारमा आसन्न चुनावमा एमसीसी पारित हुनु एउटा महत्त्वपूर्ण पोजेटिभ म्यासेज हुनेछ। 

नेपालमाजस्तै श्रीलंकामा पनि युद्ध भयो। एमसीसीमा चाइना र युएसको युद्ध हुँदा चाइनाले जित्यो। नेपालमा अमेरिकाले जित्यो। एमसीसी पारित, ओली सरकारको बहिर्गमन, युक्रेनको युद्ध र दोक्लाम तथा लद्दाखमा भएको तनावले भारतको चाइनासँग बिग्रेको द्विपक्षीय सम्बन्धले परिवर्तन देखा परेको छ।

नेपालका निर्माता पृथ्वीनारायण शाहले नेपाललाई दुईटा ढुंगाबीचको तरुल भनेका थिए। अहिले दुईटा ढुंगाको सट्टा तीनवटा ढुंगा भयो। युएस पनि आयो। युएस कहिले गएको थिएन। तर अलि पछाडि भयो। एमसीसी पास भयो। इण्डो प्यासेफिक स्ट्राटेजीको मुख्य धारा आयो। यसले चाइनालाई कन्टेन गर्छ। एमसीसीले चाइनालाई होइन बीआरआईलाई जरुर चेक गर्छ। बीआरआईमा चाइनाले एक पैसा पनि हालेको छैन। ९ वटा करिडोर, रेल्वेलाइन केही भएको छैन। यसरी अहिले भएको यी परिवर्तनलाई समेटेर नेपाल-भारत द्विपक्षीय सम्बन्धलाई हेर्नुपर्छ। 

चीनको एउटा हार नेकपा फुटेको, दोस्रो हार एमसीसी हो। चाइनाको हार भारत र युएसको जित भयो। तर पहिलेजस्तो अमेरिकाले भारतको आँखाबाट नेपाललाई हेर्दैन। आजभोलि युएस र भारतको पोलिसी नेपालमा अलग छ। तर मिल्दैजुल्दै गएका छन्। आपसमा क्ल्यास छैन।  नेपालले सदैव सम्बन्धमा भारत र चीनको ब्रिज (पुल) भन्थ्यो। तर टु प्लस वानको अवधारण आयो। भारतले यो अवधारणा मानेको छैन। कहिले स्वीकार गरेको छैन। त्यसकारण नेपाल भारत सम्बन्धलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय परिवर्तनमा राखेर हेर्नुपर्छ। 

तपाईंको विचारमा भ्रमणमा के एजेण्डामा छलफल हुनुपर्छ, जसले सम्बन्ध राम्रो हुन्छ ? 

नेपाल र भारतका प्रधानमन्त्रीबीच ६ महिना पहिला कोप सम्मेलन ग्लास्गोमा बैठक भएको थियो। पाँचपटक प्रधानमन्त्री भइसक्नुभएको देउवाले भारतलाई चिन्नुभएको छ। हाम्रो प्रधानमन्त्रीले चिन्नुभएको छ। दुबै नयाँ प्रधानमन्त्री होइन। अनुभवी मान्छे हुन्। बातचितको फोकस इकोनोमी हुनुपर्छ। नेपाली नागरिकको आयआर्जन बढाउने, नेपाली नागरिक विदेशतिर नदर्गुने, आफ्नै देशभित्र काम पाउनेगरी नेपालको आर्थिक समृद्धिमा केन्द्रीत हुनुपर्छ। दुइटै देशको सम्बन्ध,जनता-जनताबीचको सम्बन्धको कुरा हुनपर्छ। 

नेपालमा भारतले निर्माण गरिरहेका हाइड्रो प्रोजेक्टको कुरा उठ्नपर्छ। रक्सौलदेखि अमलेशगंजसम्म पेट्रोलियम पाइपलाइन बनिसकेको छ। जयनगर-कुर्था रेलको दुबै प्रधानमन्त्रीले शुभारम्भ गर्दैछन्। रक्सौल-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन दुई वर्षअघि नै भइसकेको छ। अब डीपीआर कन्भर्ट गर्नेगरी सम्झौता हुनुपर्छ। यसका अलावा एउटा पूर्वी नेपालको धरानसम्म अथवा अन्य ठाउँसम्म पुग्नेगरी भारतबाट पेट्रोलियम पाइपलाइन बनाउने कुरा हुनुपर्छ। कनेक्टिभिटी, एमसीसीबाट भारतको सीमासम्म बन्ने ३४० किलोवाट प्रसारण लाइनको कुरा छ। नेपाल इनर्जी सरप्लस हुन लागेको छ। नेपालले आफ्नो उर्जा भारतलाई बेच्छ। 

लुम्बिनी, कुशीनगर, बोदगयासहितको कल्चरल बुद्धिस्ट सर्किट, प्रधाधनमन्त्री देउवाजीले भ्रमणमा लामो समय बिताउने काशी विश्वनाथ बनारसको नयाँ करिडोर सर्किट, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थलबाट भारतमा सिधा उडान र भारतबाट त्यहाँ उडानको कुरा हुनुपर्छ। कनेक्सटिभिटी, पिपुल टु पिपुल रिलेसन बढेमा द्विपक्षीय सम्बन्ध मजबुद हुन्छ। 

केहीले ईपीजी र कालापानीको विषय पनि उठ्ला भन्छन्। तर मेरो विचारमा अहिले समय ठिक छैन। अहिले अफ्ठ्यारो कुरा छलफल गर्ने बेला होइन। नेपालको प्रधानमन्त्रीले त्यो कुरा निकाल्नुपर्छ। भ्रमणपछाडि नेपालीले सोध्छ कि तिमीले के भन्यौं? कालापानीको इस्यु उठायौं? नेपाली प्रधानमन्त्रीले ईपीजी र सीमा समस्या उठाउन सक्छ। तर खास बातचिज अहिले हुन सम्भव छैन। तर हुनसक्छ। 

खुला सीमानाले नेपाल र भारतबीच सुरक्षा चुनौतीहरु बढिरहेका छन्। आधुनिक प्रविधि प्रयोग गरेर पनि अपराधहरु भइरहेका छन्। तपाई सुरक्षा मामिलाको जानकारको हैसियतले यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ? 

साइबर सेक्युरिटीमा भारतले काफी प्रगति गरेको छ। सिक्दैछ। हाम्रो मिलिट्ररी टु मिलिट्ररी सम्बन्ध छ। ४० हजार मान्छे इण्डियन आर्मीमा छ। मिलिट्री एक्सचेञ्ज हुन्छ। सूर्यकिरण मार्च हुन्छ। युएन मिसनमा नेपाली फौजले कमाल गरेको छ। प्रविधिमार्फत सीमा हुने अपराध रोक्न नेपाल र भारतबीच आर्म साइबर सेक्युरिटी सम्झौता हुनपर्छ। ट्रेनिङको काम हुनुपर्छ। आजभोलि एडभान्स टेक्नोलोजीले शक्ति राष्ट्रलाई पनि आच्छु आच्छु पारेको छ। युक्रेनको युद्ध ३६औं दिनमा चलिरहेको छ। लडाईंमा एउटा सुपर पावर र नन सुपर पावरबीच टेक्नोलोजीको पनि लडाईं छ। त्यसैले टेक्नोलोजी र साइबर सेक्युरिटीमा नेपाल र भारतबीच सहकार्य हुनुपर्छ।  

युक्रेनमा नेपालले भारतभन्दा फरक धारणा राखेको छ। यसलाई तपाईंले कसरी हेर्नुहुन्छ?

युक्रेन मामिलामा नेपालले लिएको पोजिसन एकदम ठिक छ। रसियाको विरोध भारतले गर्न सकेन त्यसको बेग्लै कारण छ। क्रिमियामा २०१४ मा नेपालले तटस्थ बसेको थियो। यसपटक युक्रेनको पक्षमा भोट गरेर नेपालले बहुत बहादुरी देखायो। कुटनीतिकको एक राम्रो कदम हो। 

नेपालमा चुनावहरु हुँदैछन्। नेपालको राजनीतिमा गहिरो रुची राख्ने तपाईंको नजरमा सिनारियो कस्तो देखिन्छ?

स्थानीय तहमा ९० प्रतिशत जितेको, केन्द्रमा पनि दुईतिहाइ बहुमत र प्रदेशमा पनि ६ वटा प्रदेशमा सरकार बनाउनेगरी नेपालको इतिहासमा कहिल्यै नभएको नेकपाले पाएको दुईतिहाइ बहुमत पाउने स्थिति आउन गाह्रो छ। स्थानीय तह निर्वाचनले कुन दल बहुमतमा आउने र सरकार बनाउने भन्ने संघीय निर्वाचनको ट्रेण्ड देखाउँछ। एमालेले राम्रै ल्याउने देखिन्छ। नेपाली कांग्रेसले एमसीसीले गर्दा आफ्नो पोजिशन अगाडि बढाएको छ। यी दुईटा पार्टीबीचमा प्रतिस्पर्धा हुन्छ। माओवादी र जसपा तेस्रो र चौथोमा आउँछ। प्रचण्ड र झलनाथ खनाल यताउता हुन्छ। 

नेपालका कम्युनिस्ट नेताहरु चीन गइरहेका छन्। वाम एकताको सम्भावना कति देख्नुहुन्छ?

चाइनाले बेसिकल्ली प्रयास गर्छ। चाइनाले धेरै लगानी गरिसकेको छ। वाङ यीले रिसाएको मान्छेजस्तो के के भनेर गए? एमसीसी हारेको, नेकपा फुटेको कुरा छ। चाइना सुपर पावर हो। पुरानो चाइना छैन। नयाँ चाइना हो। नयाँ चाइनाले आफ्नो हार स्वीकार गर्दैन। चाइनाले लोकल र नेसनल इलेक्सनमा धेरै जोर गर्छ। पैसा चुनावमा हाल्छ। नेसनल इलेक्सनमा हाल्छ। चाइनाले अरु देशलाई लेक्चर गर्छ नट इन्टरफेयर्न्स अफ इन्टरनल अफियर्स। अरु देशको आन्तरिक मामिला, राजनीतिमा दखल नदिने। तर चाइना आफैं इन्टरफेयर गर्ने। जति काम चिनियाँ राजदूत होउ यान्छीले नेपालमा गर्‍यो, कता दायाँ, कता बायाँ, होल कुटनीतिको कुरा नमानेर, ठाउँ ठाउँमा इन्टरफेयर गरेको चाइना हो। चाइनाले यो भन्नु अर्को देशलाई सन्देश दिने सिकाउने चीनले पहिला आफै आन्तरिक हस्तक्षेप छोड्नुपर्छ।

नेपालमा इन्टरनल अफेयरमा अरु बढ्छ। २०१५ को नाकाबन्दीपछि भारतले माइक्रो म्यानेजमेन्ट र एजेन्सीमा छोड्नुपर्छ। भारतले छोड्यो, चाइना छिर्‍यो। भारतलाई यसको लाभ भयो। मेरो विचारमा अर्को चुनावलाई हेर्नुपर्छ। अहिले कुन पार्टी नम्बर वान हुन्छ भन्न सकिन्न। 

अन्तिममा नेपालका प्रधानमन्त्रीको भ्रमणले नेपाल-भारत सम्बन्ध कहाँ पुग्छ? के सन्देश दिन्छ? 
देउवाजीको सरकार एक किसिमको अन्तरिम सरकार हो। ओली सरकारलाई सर्वोच्च अदालतले फलिदिएपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बने। यो एक अन्युजल कुरा हो। नर्मल कुरा होइन। सरकार पनि लेफ्ट राइट एलाइन्स बनेको छ। सबैको उद्देश्य ओलीलाई हटाउने छ। नेपाल-भारत कहाँ पुग्छ भन्ने २०२३ मा पिक्चर स्पष्ट हुन्छ। अहिले अन्तरिम सरकार हो। अगाडि द्विपक्षीय सम्बन्ध २०२३ मा स्पष्ट पिक्चर देखिनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.