ट्रमा सेन्टरको प्रक्रिया अघि बढाउन मन्त्री झाँक्रीको निर्देशन

ट्रमा सेन्टरको प्रक्रिया अघि बढाउन मन्त्री झाँक्रीको निर्देशन

ढल्केवर(धनुषा) : संघीय सरकारकी शहरी विकास मन्त्री राम कुमारी झाँक्रीले मधेस प्रदेशस्तरीय ट्रमा सेन्टरका लागि धनुषाको ढल्केवरको प्रस्तावित जग्गाको अवलोकन गरेकी छिन्।

संघीय सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा धनुषाको ढल्केवरमा किटान गरेको ट्रमा सेन्टरको लागि जग्गा छनौट प्रक्रियामा विवाद उत्पन्न भएपछि मन्त्री झाँक्रीले बिहिवार आफै प्रस्तावित जग्गाको निरीक्षण अवलोकन गरेकी हुन्।

आफ्नो मन्त्रालयका सचिवसहितको टोली लिएर मन्त्री झाँक्री जग्गा निरीक्षण गर्न ढल्केवर पुगेकी थिइन्। जग्गा निरीक्षण पश्चात सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री झाँक्रीले ट्रमा सेन्टरको लागि जग्गा उपयुक्त रहेको बताएकी हुन्।

‘जग्गा ठीक छ। राजमार्गसँगै भएको भए अझ राम्रो हुन्थ्यो। छैन भने, कडाइका साथ एउटा मापदण्ड बनाएर बाटोलाई व्यवस्थित गरिनुपर्छ। आपतकालिन सवारी गुड्न सहज बनाउनुपर्छ। दुई किलोमिटर दुरी केही हैन,’ मन्त्री झाँक्रीले भनिन्।

‘अहिलेसम्मको जग्गामा सबैभन्दा यो नै उपयुक्त छ भनेर आयोजना प्रमुखले पनि भनिसक्नु भो,’संघीय आयोजना कार्यान्वय इकाई धनुषाका आयोजना प्रमुख प्रदिप खनाललाई निर्देशन दिँदै मन्त्री झाँक्रीले भनिन् ‘अब प्रक्रिया छिट्टै अगाडि बढाउनुस्।’

शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले अहिलेसम्मको अध्ययन अनुसार ट्रमा सेन्टरको लागि जग्गा उपयुक्त रहेको प्रतिक्रिया दिए। उनले यसै जग्गामा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अघि बढ्ने विश्वास दिलाए। ‘जग्गा अवलोकन र कागजातको अध्ययन अनुसार जग्गा ट्रमा सेन्टरको लागि उपयुक्त छ। अब प्रक्रिया अघि बढ्छ,’ सचिव सिंहले भने ‘बहुबर्षिय खरिद गुरुयोजना स्वास्थ्य मन्त्रालयले स्वीकृत गर्नुपर्छ। स्वीकृतीपछि अनि खरिद प्रक्रिया अघि बढ्छ।’

जग्गा अवलोकन गर्ने क्रममा आयोजना प्रमुख खनालले जग्गा राजमार्गभन्दा थोरै दुरी भएपनि अन्य दृष्टिकोणले जग्गा उपयुक्त रहेको ब्रिफिङ गरेका थिए।

मन्त्री झाँक्रीसँगै मधेस प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतोसमेत जग्गाको अवलोकन गर्न पुगेका थिए। त्यसैक्रममा मन्त्री महतोले बाटोको लागि कुनै चिन्ता नगर्न प्राविधिकहरुलाई सुझाएका थिए। ‘दुई किलोमिटर हैन। दुई मिनेटको बाटो हो। बाटोको लागि कुनै किसिमको चिन्ता नगर्नुस्,’ मन्त्री झाँक्रीकै अगाडी प्राविधिकहरुलाई मन्त्री महतोले भने ‘अब आउने बजेटमा २ करोड लाग्छ कि ३ करोड लाग्छ, हामी प्राथमिकतामा राखेर यो फाकिलो सडकलाई कालोपत्रे गर्छौ।’

‘यो जग्गासम्म पुग्न तीनवटा फराकिलो बाटो छ। एकैपटक त बनाउन नसकिएला तर मुल बाटोलाई चाँडै कालोपत्रे बनाउँछौं,’मन्त्री महतोले थपे। यस्तो फाकिलो बाटो काठमाडौंमासमेत नभएको उनले जिकिर गरे। मन्त्री महतोले अब ‘इफ’ र ‘बट’ नगरेर ट्रमा सेन्टरको निर्माण प्रक्रिया अघि बढाउन आग्रह गरे।

हाल मिथिला नगरपालिका–७, साविकको ढल्केवर गाविस वडा नं २‘क’ को कित्ता नं १६९ को चार विघा क्षेत्रफल रहेको ऐलानी जग्गालाई आधार मानेर संघिय सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा धनुषाको ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्ने शीर्षकमा रकम विनियोजन गरेको छ।

तर प्रस्तावित जग्गालाई शहरी विकास तथा भवन निर्माण विभागको जनकपुरधामस्थित संघीय आयोजना कार्यान्वय इकाईले मापदण्डको बहाना देखाएर उक्त जग्गा अनुपयुक्त रहेको बताउँदै आएपछि विवाद उत्पन्न भएको थियो।

आयोजना कार्यान्वय इकाईका प्राविधिकहरुले प्रस्तावित जग्गा ५ सय मिटरभन्दा बढी रहेको कारण देखाउँदै अनुपयुक्त रहको बताउँदै आएपछि संघीय सरकारले निर्माण गर्न लागेको प्रदेशस्तरीयको ट्रमा सेन्टरको निर्माण प्रक्रिया अलपत्र बनेको थियो।

मन्त्री र मन्त्रालयका सचिवसहितका उच्च अधिकारीहरुले प्रस्तावित जग्गाको अवलोकन गरेर उपयुक्त रहेको बताएपछि ट्रमा सेन्टरको निर्माण प्रक्रिया अघि बढ्ने भएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.