स्नातक उत्तीर्ण छोरीबुहारीलाई सम्मान

स्नातक उत्तीर्ण छोरीबुहारीलाई सम्मान

ढल्केवर(धनुषा) : धनुषाको मिथिला नगरपालिकाले स्नातक उत्तीर्ण गरेकी नगरभित्रका छोरी बुहारीलाई सम्मान गरेको छ। मिथिला नगरपालिकाको लोकप्रिय कार्यक्रम ‘मिथिलाको चाहना घर–घरमा साहाना’ अन्तर्गत नगरभित्रका स्नातक उत्तीर्ण अविवाहित छोरी र मिथिला नगरपालिकामा विवाह भई आएका स्नातक उत्तीर्ण बुहारीलाई सम्मान गरिएको हो।

उक्त कार्यक्रम अन्तर्गत निवेदन दिएकामध्ये स्नातक उत्तीर्ण ११ जना छोरी र ५० जना बुहारी गरी जम्मा ६१ जनालाई सम्मानपत्र र ६ हजार नगद रकमसहित सम्मान गरिएको मिथिला नगरपालिकाकी उपमेयर तारा कुमारी बस्नेत लामाले जानकारी दिइन्। कार्यक्रममा सम्मानित हुने छोरी र बुहारीका अभिभावकहरुलाईसमेत दोसल्ला ओढाई सम्मान गरिएको थियो।

पढेकी छोरीसँगै बाबुआमालाई पनि नगरपालिकाले सम्मान गर्न थालेपछि छोरी पढाउनुपर्छ भन्ने कुराले बल पाउँदै गएको उपमेयर लामाको बुझाइ छ।

नगरपालिकाले विगत चार वर्षदेखि आफ्ना छोरीचेलीमा नेपालको बाम प्रजातान्त्रिक आन्दोलनकी शीर्ष नेतृ सहाना प्रधानको बिम्व खोज्दै ‘मिथिलाको चाहना, घरघरमा सहाना’ कार्यक्रम नै सञ्चालन गर्दै आइरहेको छ।

सामाजिक कुरितीविरुद्ध छोरीलाई सशक्त बनाउनु, बालविवाह, बहुविवाह र अनमेल विवाहलाई निरुत्साहित गर्दै नारी शिक्षालाई जोड दिँदै दक्ष जनशक्ति निर्माणमा योगदान पुर्याउने उद्देश्यले चार वर्षअघि आर्थिक वर्ष २०७४/७५ देखि नै उपमेयर लामाको प्रत्यक्ष नेतृत्वमा नगरपालिकाले ‘मिथिलाको चाहना, घरघरमा सहाना’ भन्ने कार्यक्रम सञ्चालन गर्दै आएको हो।

ढल्केवरस्थित राधाकृष्ण मन्दिरको सभाहलमा मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोको अध्यक्षता तथा नेकपा एमाले नेतृ एवं पूर्वमन्त्री जुली कुमारी महतोको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.