माग पूरा हुनेमा विश्वस्त छौं : महन्थ ठाकुर

माग पूरा हुनेमा विश्वस्त छौं : महन्थ ठाकुर

परासी : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सरकारले आफ्ना माग पूरा गर्नेमा विश्वस्त रहेको बताएका छन्। आफूहरुले उठाएका मागका बारेमा वर्तमान सरकारले आश्वसन दिएकाले सकरात्मक परिणाम आउनेमा विश्वस्त रहेको उनको भनाई छ।

 
पार्टीको जिल्ला समिति पश्चिम नवलपरासीले मंगलबार गेर्मीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले उक्त कुरा बताएका हुन्। ‘हाम्रा माग नयाँ होइनन् अहिलेको सरकारसँग कार्यान्वयनका लागि कार्यदल बनाएर पठाएका छौं। प्रधानमन्त्रीज्यूले माग पूरा हुन्छ भनेर आश्वासन दिनुभएको छ। सकरात्मक परिणाम आउनेमा विश्वस्त छौं। ’ ठाकुरले भने। संविधान संशोधन, झुटा मुद्दा खारेजी, बन्दी रिहाईलगायतका माग पुरानै रहेको उनले बताए। हरेक सरकारसँग एउटै विषयसँग गरेको सम्झौताको पन्नाले किताब नै बनिसकेकोले अब उधारोमा होइन नगदमा सम्झौता हुने हुने उनले बताए।

जिल्ला अध्यक्ष मुकरजी गिरीको अध्यक्षतामा सम्पन्न आमसभामा नेताहरु सर्वेन्द्रनाथ शुक्ला, अनिल झालगायतका नेताले सम्बोधन गरेका थिए । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.