महायज्ञको कलश यात्रामा गएका बालकको मृत्यु

महायज्ञको कलश यात्रामा गएका बालकको मृत्यु

वीरगन्ज : पर्साको सखुवा प्रसौनी गाउँपालिकामा महायज्ञका लागि निकालिएको कलश यात्रामा ट्याक्टरले किचिएर एक बालकको मृत्यु भएको छ। ट्याक्टरले किचिएर सखुवाप्रसौनी गाउँपालिका २ का धनिक यादवका छोरा अन्दाजी ७ वर्षीया रितेशप्रसाद यादवको मृत्यु भएको हो । 

सखुर्वा प्रसौनी गाउँपालिका २ गुलवरीया गाउँमा आयोजना गरिएको विष्णु महायज्ञको पहिलो दिन बुधबार कलशयात्रा निकालिएको थियो । कलशयात्रामा सहभागी भएका रितेश , प्रदेस प्रदेस–२–०३–००१  त ४०९४ नम्बरको ट्याक्टरमा सवार थिए । ट्याक्टरबाट खसेका उनको त्यहि ट्याक्टरले किचेर मृत्यु भएको इलाका प्रहरी कार्यलयका प्रहरी नयाब निरीक्षक नन्दकिशोर साहले जानकारी दिए । ट्याक्टर र त्यसका चालक सखुवाप्रसौनी ५ का  प्रदिप प्रसाद यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रनानि साहले जानकारी दिए । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.