सेवासुबिधाको रकमबाट बालबालिकालाई शैक्षिक सामाग्री बितरण
अछाम : बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्र खड्काले अनाथ, असहाय तथा बिपन्न बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन्। निर्वाचनका क्रममा गरेको प्रतिबद्धता अनुसार आफूले पाएको सेवा सुविधाको रकमबाट विद्यालयमा अध्ययनरत अनाथ, असहाय तथा विपन्न विद्यार्थीहरुलाई २ लाख ५० बराबरको शैक्षिक सामाग्री बितरण गरेका हुन्।
बुधवार बान्नीगढी जयगढ गाउँपालिका-६ दर्नाका ७ वटा विद्यालयमा अध्ययनरत ६१ जना विद्यार्थीहरुलाई एक हजार नगद, विद्यालय पोशाक, झोला, कापी बितरण गरेका हुन्।
उनले आफूले २०७४ सालको निर्वाचनको क्रममा अध्यक्ष भएपछि पाउने सेवा सुबिधाको रकम सबै सामाजिक क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता अनुसार अनाथ, असहाय र बिपन्न बालबालिकाहरुलाई शैक्षिक समाग्री उपलब्ध गराएको बताए।
प्रतिक्रिया दिनुहोस !
६