एकल महिलाका पीडाः समाजमा बाँच्‍नै सकस

एकल महिलाका पीडाः समाजमा बाँच्‍नै सकस

अछाम :साँफेबगर नगरपालिका ४ की भगवती खड्का ३० वर्षकी भइन् । उनले २५ वर्षको उमेरमा श्रीमान् गुमाइन् । कलिलै उमेरमा जीवन साथी गुमाउनुको पीडा एकातिर छ भने अर्कोतिर ४ छोरीको पालनपोषण,पढाइ लेखाइको जिम्मेवारी छ, उनलाई ।  भगवतीकी जेठी छोरी सतिक्षा,माइली समीक्षा,साइली सदिक्षा र कान्छी सरिता जनकल्याण माविमा पढ्दैछन् । उनलाई छोरीहरुको पढाइ खर्च एक्लैले जुटाउन परिरहेको छ । एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण र अर्कोतिर परिवार पाल्न आर्थिक कठिनाइ उनले झेल्नु परेको छ । 

उनले भनिन्,'श्रीमान् नहुने महिलालाई हाम्रो समाजले हेला गर्छ,समाजको नराम्रो नजरबाट बच्नुपर्छ, छोरीहरुको पालनपोषण एक्लै गर्न निकै मुश्किल छ । कहिले काहीँ खुशी हुँदा समेत खुलेर हाँस्न पाउँदैनौं,यसरी हाँस्दा श्रीमान् मरेको त कत्ति पनि दु:ख रैनछ यसलाई भनेर कुरा काट्छ, एकल महिलालाई खुलेर बाँच्न दिँदैन । राम्रो लगाएर हिँड्न समेत पाउँदैनौं ।' भगवती साँफेबगरमा रहेको दिदीबहिनी जैविक प्याड उद्योगमा काम गर्छिन् । प्याड बनाउने काम दैनिक गुजारा गर्ने माध्यम बनेको उनले बताइन् । 

जलाको १० वर्षको छोरा र ४ वर्षकी छोरी छन् ।  एकल हुनुको पीडा त भोग्नु परिरहेकै छ । त्यसमाथि सन्तानको भविष्य ,समाजको अपहेलानासँग लड्नु परिरहेको उनी बताउँछिन् ।

खप्तडकी जलादेवी कडायतको श्रीमान् वितेको एक वर्ष भयो । उनी अहिले २९ वर्षकी भइन् । भारतमा राम्रै कमाइरहेका श्रीमान् शेरबहादुर कडायतको मृत्युपछि दुई छोराछोरी लिएर उनी अछाम फर्किन् । जलाको १० वर्षको छोरा र ४ वर्षकी छोरी छन् ।  एकल हुनुको पीडा त भोग्नु परिरहेकै छ । त्यसमाथि सन्तानको भविष्य ,समाजको अपहेलानासँग लड्नु परिरहेको उनी बताउँछिन् । वर्षभरी खानपुग्ने गरी जग्गा जमिन छैन । चौमासिकमा पाउने सामाजिक सुरक्षा भत्ताले उद्यारो तिर्न समेत नपुग्ने बताइन् । उनले भनिन्, 'एक्लैले घरपरिवार चलाउन गरेको संघर्ष समाजले देख्दैन, हामीले लगाएको, खाएको,हिँडडुल गरेको, को-कोसँग बोलेको सबै कुराको हिसाबकिताब समाजले राख्ने गर्छ  ।हामी त मान्छे नै होइनौं जस्तो व्यवहार गर्छ समाजले।'

बाब्लाकी शान्ता नेपालीको पीडा भगवती र जलादेवीको भन्दा कम छैन। ३७ वर्षीया शान्ताको श्रीमान्को मृत्यु भएको ४ वर्ष भयो । भारतमा रोजगार गर्दै आएका उनका श्रीमान्को मृत्युपछि चार छोरोछोरीको पालनपोषणको जिम्मेरीवारी आइलाग्यो ।  शान्ताको घर बाजुरा हो । श्रीमान् निर्प नेपालीको मृत्युपछि घरमा बस्ने वातावरण नभएपछि उनी अहिले माइती घर बाब्लामा बस्दै आएकी छन् । उनी तल्लो पेट दुखिरहने समस्याबाट पीडित छन् । उनले भनिन्, ‘जेठी छोरी अपाङ्ग छ, धेरै भयो आफ्नो पनि तल्लो पेट दुखिरहन्छ,उपचार गर्न पाएको छैन, छोराछोरीको चिन्ताले भोक छैन, निन्द्रा छैन । आफूले सुखदु:ख गरी कमाएर ल्याएको पनि राम्रोसँग खान लगाउन पाइदैन,गाउँका मान्छेहरु यसले के काम गरेर ल्याइ,कसले दियो यसलाई भनेर नानाथरी कुरा गर्न काट्छन।'

पति बिछोडको पीडा एकातिर हुन्छ, त्यसमाथि परिवार र समाजबाट सान्त्वना, सहयोग, मायाको बदला दुव्र्यवहार खेप्नुपर्ने वातावरणले एकल महिलाको जीवन कठिन बन्न पुगेको एकल महिला तथा महिला अधिकारकर्मी दुतकला बिष्ट बताउँछिन् । 

जला सोमबार नगरपालिकाले एकल महिलालाई वितरण गरेको खाद्यान्न लिन नगरपालिका पुगिइन् । उनले खाद्यान्न वितरणभन्दा पनि आफू्लाई सीप सिकाएर परिवार पाल्ने र समाजमा सम्मानपूर्वक बाँच्न पाउने वातावरण मिलाइदिन आग्रह गरिन् । पति बिछोडको पीडा एकातिर हुन्छ, त्यसमाथि परिवार र समाजबाट सान्त्वना, सहयोग, मायाको बदला दुव्र्यवहार खेप्नुपर्ने वातावरणले एकल महिलाको जीवन कठिन बन्न पुगेको एकल महिला तथा महिला अधिकारकर्मी दुतकला बिष्ट बताउँछिन् । 

उनले भनिन्, 'एकल महिलाप्रति समाजमा विद्यमान कुरीतिको अन्त्य, विभेदपूर्ण व्यवहारको जरैदेखि उन्मूलन हुनुपर्छ। धार्मिक, सांस्कृतिक, आर्थिक, सामाजिक, राजनीतिक दृष्टिले एकल महिला पीडित बनिरहेकै छन् भने त्यस्तो अवस्थाको अन्त्यका लागि सरकार कठोर बन्नुपर्छ। यति हुन सके साँचो अर्थमा एकल महिलाको सम्मान हुन सक्छ।'

विपन्न तथा एकल महिलालाई नगरपालिकाबाट बेलाबेलामा राहत तथा खाद्यान्न वितरण गर्दै आएको साँफेबगर नगरपालिकाका उपप्रमुख बिर्मला देबी बुड्थापाले बताइन् । उनले एकल महिला थुप्रै समस्याहरु रहेको भन्दै परिवार पाल्न र समाजले गर्ने व्यवहार एकल महिलाको प्रमुख समस्या रहेको बताइन् । साँफेबगर नगरपालिकामा ८९५ जना एकल महिला रहेका छन् ।  नगरपालिकामा ६० वर्ष मुनिका ६ सय र ६० वर्ष माथिका २९५ एकल महिला छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.