स्थानीय निर्वाचन : टिकट लिन दौडधुप

स्थानीय निर्वाचन : टिकट लिन दौडधुप

फिदिम : स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै टिकट लिनका लागि पाँचथरमा नेताहरुले दौडधुपलाई व्यापक बनाएका छन्। एक नगरपालिकासहित सात गाँउपालिका रहेको पाँचथरमा ६० वडा छन्। केही वडामा दलहरुले वडाध्यक्षको टुंगो लगाएपनि गाँउपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको मेयर र उपमेयरको टुंगो लगाएका छैनन्। आकाङ्क्षीहरु धेरै भएपछि दलहरुलाई उम्मेद्धार टुंगो लगाउन सकस परेको छ।
 
‘उम्मेद्धारको टुंगो नलागेसम्म टिकटका लागि दौडधुप भईरहन्छ,’ नेपाली काँग्रेस पाँचथरका उपसभापति बृजहाङ आङ्देम्बेले भने ‘चुनाब जित्ने सम्भावना बढेपछि काँग्रेसमा आकाङ्क्षी धेरै छन्।’ टिकटका लागि शिर्ष नेताहरुसँग लभिङ गर्ने र कार्यकर्ताहरुलाई आफ्नो पक्षमा पार्न स्थानीय तहका नेताहरु तल्लिन छन्।

 
पाँच दलले कस्तो उम्मेद्धार तयार गर्छ त्यसलाई हेरेर उम्मेद्धारको टुंगो गर्ने नेकपा (एमाले) को दाउ छ। ‘टिकटका लागि नेताहरु दौडधुपमा हुनुहुन्छ,’ एमाले पाँचथरका सचिवालय सदस्य तुलसी थापाले भने ‘धेरै जस्तो वडाहरुको उम्मेद्धार टुंगो लागिसकेको छ।’ एमालेले गाँउपालिका र नगरपालिकाको प्रमुखको टुंगो लगाउन बाँकी भएकाले टिकटका लागि नेताहरु दौडधुपमा रहेको थापाले बताए।
 
उम्मेद्धारको टुंगो गर्न ढिलो भएपछि स्थानीय तहका नेताहरुले टिकटका लागि दौडधुपलाई झन व्यापक बनाएका हुन्। ‘उम्मेद्धार फाइनल गर्न जति ढिलो हुन्छ, त्यतिनै आकाङ्क्षीहरुको संख्या र महत्वकांक्षा बढ्ने देखिएको छ,’ माओवादी केन्द्रका एक नेताले भने ‘गठबन्धनमा आवद्ध दलहरुले चाँडै उम्मेद्धारको टुंगो लगाउनुपर्छ।’ शिर्ष नेताहरु पनि आफू अनुकुलका नेतालाई टिकट दिलाउन लागिपरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.