वीरगञ्ज महानगरको मेयरमा सरावगीलाई उम्मेदवार बनाउने एमाले निर्णय

वीरगञ्ज महानगरको मेयरमा सरावगीलाई उम्मेदवार बनाउने एमाले निर्णय

वीरगन्ज : जसपा छाडेर नेकपा एमाले प्रवेश गरेका वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले पुनः उम्मेदवारी दिने भएका छन्। उनले नेकपा एमालेबाट पुनः मेयर पदमा उम्मेदवारी दिने भएका हुन्।

बुधबार बसेको एमाले महानगर कमिटीको पूर्ण बैठकले आगामी स्थानीय तहको निर्वाचनमा वीरगञ्जको मेयरको उम्मेदवार सरावगीलाई बनाउने निर्णय गरेको हो।

महानगर कमिटीका अध्यक्ष राजेन्द्र यादवको अध्यक्षतामा बसेको महानगर कमिटीको पूर्ण बैठकले मेयरका उम्मेदवार सरावगीलाई बनाउने सर्वसम्मत निर्णय गर्दै केन्द्रमा सिफारिस गरेको एमाले महानगर कमिटी उपाध्यक्ष महेश दासले जानकारी दिए।

उनका अनुसार बैठकमा सरावगीको प्रस्तावक महानगर कमिटी सचिव सुन्दर कुर्मी र समर्थक उपाध्यक्ष दास स्वयं रहेका थिए। एक महिनाअघि गत २८ फागुनमा सरावगीले जसपा त्यागेर एमालेमा प्रवेश गरेका थिए।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमका तर्फबाट चुनाव लडेर महानगरको मेयरमा निर्वाचित सरावगीले हालको जसपमा आफूलाई पार्टीभित्रैबाट विरोध गरेर काम गर्न नदिइएको आरोप लगाउँदै आएका छन्।

त्यसअघि उनी कांग्रेसमा प्रवेश गर्ने चर्चा चलेको थियो। तर, कांग्रेसको जिल्ला नेतृत्वले मेयरको टिकट दिने शर्तमा पार्टीमा ल्याउन नसकिने जवाफ दिएपछि सरावगी एमालेमा प्रवेश गरेका थिए।

व्यपारिक घारानाका उद्योगी सरावगीले २०७३ चैत ६ गते तत्कालीन संघीय समाजवादी फोरम (ससफो) पार्टीमा प्रवेश गरेर राजनीति यात्रा थालेका थिए। सरावगीले १९ हजार ३ सय ९३ मत ल्याएर निर्वाचित भएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.