४ पटक रक्तदान गर्ने अहमद पुरस्कृत
वीरगन्ज : नेपाल रेडक्रस सोसाइटी पर्साले २०७८ सालमा सबैभन्दा धेरै पटक रक्तदान गर्ने तबरेज अहमदलाई ‘स्व. तारा शमशेर रक्तसञ्चार सेवा स्मृति पुरस्कर’ बाट पुरस्कृत गरेको छ। २०७८ सालमा ४ पटक रक्तदान गरेका अहमदलाइ रेडक्रस सोसाइटीले नगद ५ हजार राशीसहितको उक्त पुरस्कारबाट पुरस्कृत गरेकोहो।
बुधबार आयोजित नेपाल रेडक्रस सोसाइटी पर्साको दोश्रो साधरणसभामा जिल्ला समन्वय समिति पर्साकासभापति महम्मद अन्सारीले अहमदलाई नगद ५ हजार राशीको पुरस्कार र कदरपत्र प्रदान गर्दै दोशल्ला ओढाएर सम्मानित गरेका छन्।
नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति वीरेन्द्रराज कँडेलका अनुसार बुधबार सम्मानित अहमदले अहिलेसम्म ४५ पटक रक्तदान गरिसकेका छन्। बुधबार सम्मान ग्रहण गर्दै अहमदले मानवीय सेवाको काम गरे बापत पाएको सम्मानले थप जिम्मेवारी बोध गराएको बताए। रगतको अभावलाई मध्यनजर गर्दै अरुलाईपनि रक्तदान गर्न यो सम्मानले प्रोत्साहन गर्ने अहमदको विश्वास छ।