स्कार्पियो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु , १३ जना घाइते

स्कार्पियो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु , १३ जना घाइते

वीरगन्ज : पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको आधाभार जंगलमा बिहीबार बिहान स्कार्पियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएका छन् । 

सिमराबाट हेटौडातर्फ जाँदै गरेको बा १९ च ४३७७ नम्बरको स्कार्पियो , अनियन्त्रित भइ सडकमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा स्कार्पियो चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका- ११ का २५ वर्षीय लोकनाथ सेढाईको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए । 

थापाका अनुसार , दुर्घटनामा गम्भीर घाइते भएका पर्साको विन्दवासीनी गाउँपालिका-२ का २२ वर्षीय प्रेम साह , त्यही ठाउँका १२ वर्षीय राजु गुप्ता र जितपुर सिमरा- ७ कि निर्मला देवी साहको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । 

घाइतेको सिमरास्थित अल्पाइन अस्पताल र वीरगन्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.