६ वर्षीया बालिकालाई बलात्कार गर्ने ५५ वर्षीय पुरुष पक्राउ

६ वर्षीया बालिकालाई बलात्कार गर्ने ५५ वर्षीय पुरुष पक्राउ

वीरगन्ज : ६ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको प्रसौनी गाँउपालिका-५ स्थायी घर भइ हाल पर्साको वीरगन्ज महानगरपालिका-१६ मा बस्दै आएका ५५ वर्षीय पलट चौधरी रहेका छन्।

 
प्रहरीका अनुसार गत चैत २६ गते चौधरीको घर अगाडि खेल्न आएका बेला ६ वर्षीया ती बालिकालाइ चौधरीले ललाइफकाइ आफ्नो कोठामा लगेर बलात्कार गरेका थिए। पीडित बालिकाले आफूसंग भएको दुष्कर्म बारे शुक्रबार मात्रै अभिभावकलाई जानकारी दिएकी थिइन्।
 
त्यसपछि पीडित बालिकाका अभिभावकले शुक्रबार नै प्रहरीमा जाहेरी दिएको र त्यहि जाहेरीको आधारमा आरोपित चौधरीलाई उनको घरबाटै नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए।
 
पीडित बालिकालाई स्वास्थ्य परिक्षणका लागि नारायणी अस्पताल पठाइएको उनले बताए। पक्राउ परेका चौधरीलाई भने प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको र शुक्रबार बिदा परेकाले आइतबार मात्रै उनलाई पर्सा जिल्ला अदालतमा पेश गरिने खनालले बताए।

खनालका अनुसार नेपालको कानुनमा १० वर्ष मुनिका बालिका, पूर्ण अशक्त, अपाङगता भएका र ७० वर्षिया महिलालाई जबरजस्ति करणी गर्ने अभियुक्तलाई जन्मकैद सजायको प्रावधान रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.