एमालेसँग चुनावी तालमेल घोषणा गरेको ४ घन्टा नवित्दै लोसपामा विवाद

एमालेसँग चुनावी तालमेल घोषणा गरेको ४ घन्टा नवित्दै लोसपामा विवाद

वीरगन्ज : वीरगन्ज महानगरमा नेकपा एमालेसँग चुनावी तालमेल गर्ने विषयमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा विवाद भएको छ ।  बिहीबार बिहान एमाले नेताहरुसँगै पत्रकार सम्मेलन गरेर लोसपाका वरिष्ठ नेता लक्ष्मणलाल कर्ण र जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले वीरगन्ज महानगरमा एमालेसँग चुनावी तालमेल गरिएको घोषणा गरेका थिए । 

तर उक्त घोषणाको ४ घण्टा नवित्दै लोसपा पर्साका ३ जना जिल्ला उपाध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै महानगरमा एमालेसँग चुनावी तालमेल नगरिएको बताएका छन् ।  बिहीबार दिउँसो लोसपाका जिल्ला उपाध्यक्षत्रय कृष्णा पटेल , राजेश कुमार साह र देवानन्द यादवले संयुक्त विज्ञप्ति जारी गर्दै महानगरमा लोसपा एक्लै चुनाव लड्न तयार रहेको पनि बताएका छन् । 

विज्ञप्तीमा लोसपाको जिल्ला कार्यसमितिले महानगरमा अन्य कुनै पनि दलसँग चुनावी तालमेल गर्नेबारे निर्णय नै नगरेकाले , एमाले र लोसपाबीच तालमेल गरिएको भन्नुको कुनै औचित्य नभएको उल्लेख छ । लोसपा पार्टीलाई समाप्त पार्ने नियतले कुनै नेता विशेषको इशारामा एमालेसँग तालमेल गरिएकाले यसप्रति तीनैजना उपाध्यक्षले आपत्ति पनि जनाएका छन् ।

लोसपा वीरगन्ज महानगरका अध्यक्ष ओम प्रकाश सर्राफले पनि एमालेसंग गरिएको तालमेल प्रति आपत्ति जनाएका छन् ।  सर्राफले महानगरमा एमालेसंग चुनावी तालमेल गर्ने  बारेमा पार्टी भित्र कुनै पनि किसिमको छलफल नै नभएको  बताए । 
अन्नपूर्णसँग कुरा गर्दै सर्राफले भने,'पार्टीको महानगर अध्यक्ष म हुँ , तर एमालेसँग सहमति गर्नेबारे मलाई कुनै जानकारी छैन ।  यसअघि बिहीबार बिहान लोसपा र एमालेका नेताहरुले वीरगन्जमा पत्रकार सम्मेलन गरेर महानगरमा दुवै दल बिच चुनावी तालमेल गर्ने सहमति भएको जानकारी गराएका थिए । 

महानगरको मेयर एमालेले र उपमेयर लोसपाले लिने गरि चुनावी तालमेल गर्ने सहमति भएको दुवै दलका नेताहरुको भनाइ थियो । महानगरका ३२ वटै वडामा भने आपसी सहमतिमा उम्मेदवार तय गर्ने दुवै दलले बताए थिए । पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा एमाले पर्साका अध्यक्ष जय प्रकाश थारु र लोसपा पर्सा अध्यक्ष पुरुषोत्तमलाल झाको हस्ताक्षर थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.