पुनः उम्मेदवार बन्न भेरीका नगरप्रमुख घर्तीद्धारा राजीनामा
जाजरकोट : आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवार हुनका लागि भेरी नगरपालिका जाजरकोटका नगरप्रमुख चन्द्र प्रकाश घर्तीले राजीनामा गरेका छन्।
नेकपा एमालेबाट निर्वाचित नगरप्रमुख घर्तीलाई नै पुनः उम्मेदवार बनाउने पार्टीले निर्णय गरिसकेको छ। पार्टीको निर्णय अनुसार नै पुनः भेरी नगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिन राजीनामा दिएको घर्तीले बताए। उनको राजीनामा नगर उपप्रमुख भावना भण्डारीले स्वीकृत गरेकी छन्। नगरप्रमुखसँगै सात जना वडाध्यक्ष र ६ जना वडा सदस्यले आफ्नो पदबाट राजीनामा दिएका छन्।
बाहालवाला जनप्रतिनिधिले मनोनयन दर्ता गर्नुअघि नै राजीनामा दिनुपर्ने प्रावधान अनुसार उनीहरुले राजीनामा दिएका हुन्।