अपमानजनक व्यवहार कसुरमा विप्लवका तीन कार्यकर्ता पक्राउ

अपमानजनक व्यवहार कसुरमा विप्लवका तीन कार्यकर्ता पक्राउ

जाजरकोट : अपमानजनक व्यवहार कसुर मुद्धामा फरार रहेका विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकर्ता पक्राउ परेका छन्। प्रहरीले भेरी नगरपालिका- १ पिपे निवासी डिलबहादुर राना, कुशे ५ का गोविन्द चन्द र भेरी नगरपालिका ७ पुन्मका दिपेन्द्र सिंहलाई पक्राउ गरेको हो। 

उनीहरुमाथि गत फागुन ३० गते जिल्ला स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त स्वास्थ्य व्यवस्थापक टिकाराम जैसीलाई कार्यकक्षमा बसी रहेको अवस्थामा कालोमोसो दली जुत्ताको माला लगाएको आरोप लागेको छ।

राना नेकपा विप्लवको भातृ संगठन युवा संगठनका जिल्ला अध्यक्ष हुन् भने चन्द सोही संगठनका जिल्ला इन्चार्ज हुन्। सिंह अखिल क्रान्तिकारी विद्यार्थी संगठनका जाजरकोट संयोजक हुन्।

घटना सम्बन्धमा उनीहरुमाथि अपमानजनक व्यवहार सम्बन्धी कसुर मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको छ।  घटनामा संलग्न तीनै जनाहलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद दिएको छ। हिरासतमा राखेर छानवीन भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी सन्तोष निरौलाले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.