मधेश प्रदेशकी पूर्व राज्यमन्त्री झाको निधन

मधेश प्रदेशकी पूर्व राज्यमन्त्री झाको निधन

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टीको मधेश प्रदेश सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पलकुमारी झाको निधन भएको छ। ४३ वर्षको अल्पआयुमै झाले क्यान्सर रोगका कारण ज्यान गुमाएकी हुन्। 

उनी पछिल्लो २ वर्षदेखि क्यान्सरबाट पीडित थिइन्। झा लोसपाका नेता तथा प्रतिनीधि सभा सदस्य अनिलकुमार झाकी पत्नी पनि हुन्। 

शनिबार बिहान करिब साढे ४ बजेतिर काठमाडौंको रानीबारीस्थित निजी निवासमै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। भारतको विहार राज्यको सशौला गाउँमा जन्मीएकी झा विवाहपछि नेपाली नागरिक भएकी थिइन्। 

रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका मत्सरी घर भएकी झा संघीय सद्भावना पार्टीबाट २०६४ सालमा पहिलो संविधान सभा सदस्य बनेकी थिइन्। उनी समानुपातिक कोटाबाट संविधानसभा सदस्यसमेत भएकी थिइन्। 

२०७५ सालमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट मधेश प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी झालाई जसपासँगको विवादका कारण मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेका थिए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.