कांग्रेसले पाँचथरका ६ पालिकामा अध्यक्षको टुंगो लगायो

फिदिम : नेपाली कांग्रेस पाँचथरले जिल्लाका ६ पालिकामा अध्यक्षका उम्मेदवारको नाम टुंगो लगाएको छ । आठ स्थानीय तह रहेको पाँचथरमा गठबन्धमा भागबण्डा गर्दा कांग्रेसले फिदिम नगरपालिकाको मेयरसहित सात पालिकाको प्रमुख पाएको थियो ।
फिदिम नगरपालिकाबाहेक आफ्नो भागमा परेको ६ पालिकामा अध्यक्षका उम्मेदवारको नाम टुंगो लगाएको कांग्रेस पाँचथरका सह सचिव गजेन्द्र राईले जानकारी दिए । फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा बृजहाङ आङ्देम्बे, तुम्बेवा गाउँपालिकाको अध्यक्षमा बाबुराम खड्का, कुम्मायक गाउँपालिकाको अध्यक्षमा बम लावती, फालेलुङ गाँउपालिकाको अध्यक्षमा बिरबिक्रम थाम्सुहाङ, हिलिहाङ गाँउपालिकाको अध्यक्षमा समरबहादुर अधिकारी र याङ्वरक गाउँपालिकाको अध्यक्षमा मुबिन्द्र योङ्याको नामको टुंगो लागेको राईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !
