जयपृथ्वीमा एमालेको उम्मेदवारी दर्ता
बझाङ : नेकपा एमालेबाट बझाङ सदरमुकामस्थित जयपृथ्वी नगरपालिकाको मेयरमा सुरतबहादुर सिंह र उपमेयरमा जमुना चन्दले उम्मेदवारी दर्ता गराएका छन्। मेयरमा सिंह र उपमेयरमा चन्दले जिल्ला अदालत बझाङमा स्थापना गरिएको मुख्य निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
सदरमुकामस्थित चैनपुर बजारबाट तामझामका साथ मुख्य निर्वाचन कार्यालय पुगेका उनीहरूले सोमबार दिउँसो उम्मेदवारी दर्ता गराएका हुन्।
मेयरका उम्मेदवार सिंह नेकपा एमाले जिल्ला कमिटी सहसचिव र चन्द नेकपा एमाले जयपृथ्वी नगरकमिटी सहइन्चार्जसमेत रहेकि छन्। यस्तै जयपृथ्वी नगरपालिकाका ११ वटै वडामा एमालेले उम्मेदवारी दर्ता गराएको छ।