मधेश प्रदेशका मुख्यमन्त्रीले बनाए पत्नीलाई उपाध्यक्षको उम्मेदवार

मधेश प्रदेशका मुख्यमन्त्रीले बनाए  पत्नीलाई उपाध्यक्षको उम्मेदवार

वीरगन्ज : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नी पत्निलाई पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनाएका छन् ।  मुख्यमन्त्री राउतकी श्रीमति जलेखा खातुनले सोमबार गाउँपालिका उपाध्यक्षमा मनोनयन पत्र दर्ता गराएकी हुन् । 

उनले जनता समाजवादी पार्टी (जसपा) बाट पालिका उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन् ।  मधेस आन्दोलका सहिद परिवारलाई टिकट नदिएको जसपाले मुख्यमन्त्रीकै जोडबलमा खातुनलाई पालिका उपाध्यक्षमा उम्मेदवार बनाएको हो । 

मधेस आन्दोलनका सहिद सोहन साह कलवारकी पत्नी विनिता साह कलवालाई जसपाले टिकट नदिएपछि सोमबार उनले विवेकशील साझा पार्टीबाट वीरगन्ज १६ को  वडा अध्यक्षमा उम्मेदवारी दिएकी छन् । जबकी सहिद पत्नि विनिता , २०७४ को निर्वाचनमा महिला सदस्यमा जसपाबाटै निर्वाचित भएकी थिइन् । 

राजनीति र पार्टीमा खासै सकृय नहरेकी खातुनलाई मुख्यमन्त्री राउतले पार्टीमा आफ्नो जोडबल गरेर उपाध्यक्षको उम्मेदवार बनाएका हुन् ।  यसअघि मुख्यमन्त्री राउतले पत्नि खातुनलाई चुनाव लडाउने तयारी गरेपछि जसपा नेतृ एंव निर्वतमान गाउँपालिका उपाध्यक्ष बिस्मिल्लाह खातुनले डेढ हप्ता पहिले जसपा त्यागेर माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन् । 

जगरनाथपुरको गाउँपालिका उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष बस्मिल्लाह खातुनका पति महम्मद सरिफ गद्धीले पनि माओवादी केन्द्रबाट उम्मेदवारी दिएका छन् । यस्तै, उपाध्यक्षमा कांग्रेसबाट बबिता सिंह , नेकपा एमालेबाट मीरा देवी कुर्मी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अनिता देवीले पनि उम्मेदवारी दिएका छन् । 

जगरनाथपुर गाउँपालिकाको अध्यक्षमा भने वर्तमान अध्यक्ष जालीम मियाका आफ्नै सहोदर भाइ महम्मद सलीम मन्सुरसहित १४ जनाले उम्मेदवारी दिएका छन् ।  मन्सुरले एमालेबाट मनोनयन दर्ता गराएका हुन् । पालिका अध्यक्षममै कांग्रेसबाट श्रीकान्त यादव , माओवादी केन्द्रबाट मालती उपाध्याय , जसपाबाट कृष्ण मोहन यादव , लोसपाबाट महम्मद अफताब मियाँ ,जनमत पार्टीबाट चन्दन चौहानको पनि उम्मेदवारी परेको छ ।

पालिका अध्यक्षमै स्वतन्त्रबाट सेवालाल महत्तो कोइरी , इब्राहिम अन्सारी , गोपिचन राउत कुर्मी , मुस्तुफा आलम ,महम्मद कलीम मन्सुरी ,चन्द्रशेखर प्रसाद यादव ,अयुब अली अहमद र महम्मद नूर हसन मियाले मनोनयन दर्ता गराएका छन् ।  



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.