नासुविरुद्ध अकुत मुद्दा

नासुविरुद्ध अकुत मुद्दा

काठमाडौं : काठमाडौंको तीनकुनेस्थित भन्सार जाँचपास परीक्षण कार्यालयका सुब्बा देवीबहादुर थापाविरुद्ध करिब २ करोड बिगोसहितको मुद्दा दायर गरेको छ। अनुसन्धानमा उनले २० वर्षे सार्वजिक सेवामा अकुत सम्पत्ति आर्जन गरेको पाइएको छ। 

२०५६ साउन ०५ गते विचारी पदमा सेवा प्रवेशदेखि २०७५÷०७६ सम्मको जाँच अवधिमा सार्वजनिक सेवामा थिए।  उनी र उनको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, गरेको पाइएको छ। 
उनको परिवारका सदस्यको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरू तथा कम्पनीहरूका संस्थापक एवं साधारण शेयरहरू खरिद लगानीलगायतका चलअचल सम्पत्तिहरू खरिद, विभिन्न उद्योग तथा फार्महरूमा लगानी, विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा करोडौं रकम जम्मा गरेको अख्तिायरको अनुसन्धानमा देखिएको छ।  

उनले यो अवधिका ३ करोड ८९ लाख ४५ हजार आम्दानी गरेको देखिन्छ। जसमा २ करोड १ लाख ९८ हजार मात्रै वैध आमदानी देखिएको अख्तियारले जनाएको छ। उनले खर्च र लागनीको तुलनामा १ करोड ८७ लाख ४७ हजार बराबरको सम्पत्ति गैरकानुनी आर्जन गरेको पाइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।

अख्तियारले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी निजको बाबु कृष्णबहादुर थापा, आमा चन्द्र माया र श्रीमती बिमसा राउतको नाममा राखिएको पाएको छ। उनीहरूको नाम रहेको  स्रोत नखुलेको सम्पत्ति जफत गर्ने गरी बाबु, आमा र श्रीमतीलाई समेत प्रतिवादी बनाइएको छ। उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.