दल फेरेका उम्मेदवार नै प्रतिस्पर्धी

दल फेरेका उम्मेदवार नै प्रतिस्पर्धी

वीरगन्ज : मधेस प्रदेशको वीरगन्ज महानगरपालिकाको मेयरमा निवर्तमान मेयरसहित डेढ दर्जनभन्दा बढीले उम्मेदवारी दिएका छन्।तीमध्ये १ दर्जनभन्दा बढी स्वतन्त्र उम्मेदवार छन् । ५ जना मात्रै राजनीतिक दलका तर्फबाट छन्।

ती ५ जनामध्ये पनि एमालेबाट उम्मेदवार बनेका निवर्तमान मेयर विजयकुमार सरावगी र सत्तागठबन्धनबाट उम्मेदवारी दिएका जनता समाजवादी पार्टी (जसपा)का राजेशमानबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।वीरगन्जमा एमालेले लोसपासँग चुनावी तालमेल गरेका कारण सरावगीले गठबन्धनका उम्मेदवार सिंहलाई कडा टक्कर दिन सक्ने अनुमान गरिएको छ।रोचक कुरा के भने, यी दुवै उम्मेदवारले आसन्न निर्वाचनमा दल परिवर्तन गरेर उम्मेदवारी दिएका हुन्।

२०७४ को निर्वाचनमा पनि यी दुवैले दुई मधेसवादी दलको उम्मेदवार बनेर महानगरको मेयरमा प्रतिस्पर्धा गरेका थिए।त्यसबेला तत्कालीन संघीय समाजवादी फोरम (अहिलेको जसपा) बाट चुनाव लडेका सरावगी, १९ हजार ३९३ मतका साथ मेयरमा निर्वाचित भएका थिए।

तत्कालीन राजपा (अहिलेको लोसपा) बाट उम्मेदवार बनेका सिंह भने १२ हजार १६५ मत का साथ तेस्रोमा सीमित भएका थिए।यसपालि भने दुवै जनाले दल परिवर्तन गरेर मेयरमा उम्मेदवारी दिएका हुन्।व्यापारिक पृष्ठभूमिका सरावगी २०७४ को निर्वाचनअघि कांग्रेस निकट मानिन्थे।तर, २०७३ चैत ६ गते उनी तत्कालीन संघीय समाजवादी फोरम (हालको जसपा) मा प्रवेश गरेर औपचारिक रूपमा राजनीतिक यात्रा सुरु गरे ।

सिंहले २०४३ सालमा कांग्रेसको भातृसंगठनबाट राजनीतिक यात्रा सुरु गरेका थिए।२०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा उनी कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित पनि भएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.