उदयपुरमा चट्याङ्गसहितको आगोको मुस्लो खस्दा एक घर जल्यो

उदयपुरमा चट्याङ्गसहितको आगोको मुस्लो खस्दा एक घर जल्यो

उदयपुर : उदयपुरको ताप्ली गाउँपालिका-१ पिपल भञ्जाङमा मंगलबार बेलुका चट्याङ्गसहितको आगोको मुस्लो झर्दा करिव ११ लाख बराबरको क्षति भएको छ। 

बेलुकी करिव ५ बजेको समयमा अकास्मात आकाशबाट आगोसहितको चट्याङ्ग पर्दा स्थानीय टंकबहादुर हमालको एक घर र अर्जुन सुनवारको एक हल गोरु र एक गाईको मृत्यु भएको छ। 

आगालागीबाट हमालको घरका सबै समान अन्नपात, लत्ताकपडा, भाँडा, नगद र चाँदी गरी १० लाख २० हजार बराबरको धनमाल जलेर खरानी भएको स्थानीय तोपबहादुर ठकुरीले बताए। 

त्यसैगरी सुनवारको ५० हजार बराबरको क्षति भएको उनले बताए। अकास्मात आगलागी भएका कारण घरबाट कुनै धनमाल निकाल्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.