औद्योगिक क्षेत्रको लोडसेडिङ लामो समयसम्म रहँदैन : कुलमान घिसिङ

औद्योगिक क्षेत्रको लोडसेडिङ लामो समयसम्म रहँदैन : कुलमान घिसिङ

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रलाई पर्याप्त विजुली दिन नसक्ने जानकारी दिएको छ। सुख्खायामका कारण आन्तरिक उत्पादन घटेको र भारतबाट विजुली आयात गर्न नपाएका कारण औद्योगिक क्षेत्रको विजुली कटौति गरिरहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए।

औद्योगिक क्षेत्रमा करिब १ महिनादेखि अघोषित लोडसेडिङ हुँदै आइरहेको छ। अब भने प्राधिकरणले घोषितरुपमा नै औद्योगिक क्षेत्रको मागअनुसार विद्युत दिन नसक्ने बताएको हो। करिब ३ सय मेगावाटको कमि भएकाले औद्योगिक क्षेत्रको विद्युत कटौति गुर्नपरेको बताइएको छ।

ग्राहस्थको भने लाइन नकाटिने घिसिङले स्पष्ट पारे। प्राधिकरणको यो निर्णयबाट मुख्यरुपमा ठूला औद्योगिक क्षेत्र प्रभावित हुने र रातको समयमा १२ घण्टासम्म लाइन काटिनसक्ने पनि घिसिङले जानकारी दिए।

प्राधिकरणले एक दिन पहिला नै विद्युत काट्नेसम्बन्धी जानकारी गराउने छ। तर, कति घण्टा भने त्यो दिनको आयातले नै निर्धारण गर्ने पनि कार्यकारी निर्देशक घिसिङले बताए। ‘औद्योगिक क्षेत्रमा धेरै लामो समयका लागि होइन। २-४ दिनको लागिमात्र हो,’ घिसिङले बताए।

भारतबाट आयातित कोइलाबाट मात्र विजुली किन्ने प्रावधान रहकाले नेपालको माग बमोजिम विद्युत आयात गर्न नसकिएको उनले बताए। रुस युक्रेन युद्धका कारण पनि कोइलाको अभाव र अत्याधिक मुल्यवृद्धिले भारतमा नै १४ राज्यहरुमा लोडसेडिङ हुँदै आइरहेको छ।

भारतमा सामान्यता २५ दिनको कोइला स्टक रहनुपर्नेमा अहिले करिब ८ दिनको मात्र स्टक रहेको, करिब ३० प्रतिशत थर्मल प्लान्टहरुमा करिब ३ दिनका लागिमात्र कोइला स्टक रहेको र करिब ५० प्रतिशत प्लान्ट बन्द भएको अवस्था रहेको छ।

भारतले पनि औद्योगिक क्षेत्रलाई मागको ३० प्रतिशतमात्र विजुली उपलब्ध गराउँदै आएको छ। भारतमा नै ऊर्जा संकट भएपछि नेपालले आयात गर्न नसकेको हो। अहिले इण्डियन इनर्जी एक्सचेन्ज लिमिटेडबाट विद्युत आयात भइरहेको छ। उक्त एक्सेन्जमा दैनिक ४५ करोड युनिट किन्नका लागि बिड पर्ने गरेकामा ऊर्जा बिक्रेताहरु नै नभएका कारण ८ हजार करोड युनिटमात्रै बिक्री हुने गरेको छ।

मागभन्दा बिक्री करिब ६ गुणाले कमि छ। उक्त प्रतिस्पर्धी बजारमा १२ रुपैँया भारु अधिकत मूल्य तोकिएको छ। नेपालमा अधिकतम ५ सय मेगावाटसम्म बिड गर्न पाउने र बिड गर्दा कम्तिमा ७० मेगावाटदेखि २ सय ५० मेगावाटसम्म पर्ने गरेको घिसिङले जानकारी दिए। त्यस्तै ढल्केबरबाट ४५० र टनकपुरबाट ६० मेगावाट ल्याउन स्वीकृत छ।

बढीमा १५ दिनका लागि नेपालमा विद्युतको कमि देखिने र विस्तारै हिउँ पग्लिन थालेपछि आन्तरिक उत्पादनले माग धान्ने घिसिङले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.