धनुषामा मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा चालकको मृत्यु

धनुषामा मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा चालकको मृत्यु

ढल्केवर(धनुषा) : धनुषामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ढल्केवर—जनकपुर सडकखण्डअन्तर्गत मिथिला नगरपालिका–२ नक्टाझिजस्थित अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक महोत्तरीको बर्दिबास नगरपालिका–७ किसाननगरका सन्जीव श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए । उनका अनुसार ढल्केबरबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश २–०२–००२प ३०५३ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटनामा चालक श्रेष्ठ गम्भीर घाइते भएका थिए ।

टाउको र खुट्टामा गम्भीर चोट लागेका उनको जनकपुरधामस्थित प्रादेशिक अस्पताल उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.