केदारस्युँमा वडा चलाइसकेका बोहरा र भण्डारीबीच प्रतिस्पर्धा
काठमाडौं : केदारस्युँ गाउँपालिकामा गठबन्धनबाट गणेश बोहरा र नेकपा एमालेबाट लोकेश भण्डारीबीच कडा प्रतिस्पर्धा हुने भएको छ। विगतमा वडाध्यक्षको जिम्मेवारी बहन गरिसकेका बोहरा र भण्डारी नेकपा एमालेमै थिए। पार्टी विभाजन भएसँगै भण्डारी नेकपा एमालेमा रहेका छन् भने गणेश बोहरा नेकपा एकीकृत समाजवादीमा प्रवेश भएका छन्।
२०७४ सालको स्थानीय तह चुनावमा गणेश बोहरा केदारस्युँ गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष थिए भने लोकेश भण्डारी वडा नम्बर १ का वडाध्यक्ष थिए।
लोकेश भण्डारी कांग्रेसका वीरबहादुर भण्डारीलाई ११ मतले पछि पार्दै वडाध्यक्ष निर्वाचित बनेका थिए भने गणेश बोहरा नेपाली कांग्रेसका शिवराज जोशीलाई ३ सय १५ मतले पछि पार्दै वडाध्यक्ष बनेका थिए।