गाउँमा मतदाता नपुग्दा छिमेकी जिल्लामै पुग्न थाले उम्मेदवार

गाउँमा मतदाता नपुग्दा छिमेकी जिल्लामै पुग्न थाले उम्मेदवार

मुगु : जिल्लाका चार स्थानीय तह मध्ये पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाँउपालिका—२ मुगुम गाँउमा चुनाव नजिकीदैँ गर्दा मतदाताहरु गाँउमा अहिलेसम्म नआएपछि मतदाता बस्ने छिमेकी जिल्लामै आफ्नो मत माग्नका लागि उम्मेदवारहरु सदरमुकाम र छिमेकी जिल्लामै पुग्न थालेका छन्।

मुगुम कार्मारोङ गाँउपालिका—२ मुगुम गाँउमा २ सय ९७ घरधुरी छन्। गाँउमा ५ सय ५२ मतदाता रहेका छन्। प्राय मतदाताहरु सदरमुकाम गमगढी, छिमेकी जिल्ला जुम्ला र काठमाडौंको बौद्धमा बसोबास गर्दै आएका भएपनि निर्वाचन नजिकीँदै गर्दा अहिलेसम्म मतदाताहरु गाँउमा नआएपछि निर्वाचनमा भाग लिएका उम्मेदवारहरु मतदाता बसेका स्थानमा दुई दिन लगाएर पुग्न थालेका हुन्।

गाउँका स्थानीयहरु हिउँदे सिजनसुरु हुने बित्तिकै घर बन्द गरेर सदरमुकाम गमगढी, छिमेकी जिल्ला जुम्ला र काठमाडौंतिर झर्ने गर्छन। हिउँदेयाममा झरेका स्थानीयहरु बैशाखको दोस्रो सातादेखि गाँउमा पुग्ने भएपनि हालसम्म स्थानीयहरु गाँउमा फर्कन कुनै सुर गरेको नदेखिएपछि मतदाता बसेको स्थानमा मत माग्न र मत खसाल्न आउनकालागि आग्रह गर्न उनीहरु बसेको स्थानमै पुग्नु परेको नेकपा एमालेबाटवडा अध्यक्ष उम्मेदवार भएका कार्मा तामङ्गले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.