विप्लवको पार्टी फुटको संघारमा

विप्लवको पार्टी फुटको संघारमा

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा विवाद चुलिएको छ। पार्टीभित्रको एक पक्षले अर्को पक्षलाई कारबाही गर्ने र पार्टीबाट निष्कासन गर्नेक्रम एकपछि अर्को हुँदा पार्टी फुटको संघारमा पुगेको छ।

चितवनको पर्सामा बुधबार सुरु भएको पार्टीभित्रको विद्रोही पक्षको राष्ट्रिय भेलाले महासचिवबाट विप्लवलाई नै हटाएको छ। महासचिवको जिम्मेवारीबाट विप्लवलाई हटाउँदै पार्टीबाटै निष्कासन गरेको उक्त पक्षले जनाएको छ। 

केन्द्रीय सदस्य गुणराज लोहनीले विप्लवलाई पार्टीबाटै निष्कासन गरिएको र खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई पनि प्रवक्ताको जिम्मेवारीबाट हटाएको जानकारी दिए। भेलाले धर्मेन्द्र बास्तोलालाई संयोजक तोकेको छ। उक्त निर्णयपछि दस्तावेजमाथि छलफल सुरु भएको लोहनीले बताए। भेलाबाटै नयाँ पार्टी गठन गर्ने तयारीसमेत विद्रोही नेताहरूको छ। स्थानीय चुनाव उपयोग गर्ने या नगर्नेबारेमा नेकपामा विवाद सुरु भएर एकअर्कालाई कारबाही गर्नेसम्म पुगेको हो। पार्टीको नीतिविपरीत गएको भन्दै विप्लवले यसअघि नेताहरू धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीलाई पार्टीबाटै निष्कासन गरेका थिए। 

धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वली समूह स्थानीय चुनावको विपक्षमा छ भने विप्लव र प्रकाण्ड निर्वाचनलाई उपयोग गर्ने पक्षमा छन्। विप्लव र प्रकाण्ड पक्षले स्थानीयतहको निर्वाचनमा देशभर स्वतन्त्र उम्मेदवार खडा गरेर निर्वाचन भाग लिइरहेको छ। केन्द्रीय सदस्यहरू नै उम्मेदवार छन्। चूडामणि वली, भेषराज भुसाल, एटम बीसी र धीरेन्द्राकुमारी उपाध्याय विभिन्न स्थानमा उम्मेदवारी दिएर चुनावी प्रचारमा छन्। कालिकोटको रास्कोट नगरपालिकाको प्रमुखमा केन्द्रीय सदस्य धीरेन्द्राकुमारी उपाध्याय ‘भृकुटी’, नरहरीनाथ गाउँपालिकाबाट केन्द्रीय सदस्य एटम बीसी उम्मेदवार भएका छन्। केन्द्रीय सदस्य चिरण पुनका अनुसार रोल्पाको गंगादेव गाउँपाकिलाबाट केन्द्रीय सदस्य नेता चूडामणि वलीले उम्मेदवारी दिएका छन्।

कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य भुसालले उम्मेदवारी दर्ता गराएका छन्। कम्युनिष्ट पार्टीको उद्गम स्थल रोल्पाको थबाङमा अमित घर्तीमगरले अध्यक्षमा उम्मेदवारी दिएका छन्। रोल्पाको थवागंदेखि झापासम्म नै यो पक्षले उम्मेदवार खडा गरेको छ।

सबैले स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका छन्। यो पक्षले निर्वाचन आयोगदेखि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नै निर्वाचन भाग लिने इच्छा व्यक्त गरेका थिए। त्यसको लागि देउवा र सत्तारुढ गठबन्धन त निर्वाचन सार्नसमेत तयार भएका थियो तर प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको जनदबाबले निर्वाचन सार्ने विषयमा खबरदारी गरेपछि सरकारपछि हटेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.