छुट्टाछुट्टै मुद्दाका तीन आरोपी पक्राउ

छुट्टाछुट्टै मुद्दाका तीन आरोपी पक्राउ

उदयपुर : उदयपुरमा अलग-अलग घटनामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । कर्तव्य ज्यान, बलात्कार र लागुऔषधसम्बन्धी घटनाका आरोपिलाई प्रहरीले  पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोष आचार्यका अनुसार आफ्नै हजुरआमा ६७ वर्षीया शुखनिदेवी चौधरीलाई कर्तव्य गरी हत्या गरेको आरोपमा त्रियुगा नगरपालिका वडा नं १३ वहेडवाकी २४ वर्षीया युवती ममता चौधरीलाई पक्राउ गरेको हो । 

२०७८ साल चैत २३ गते चौधरीले हजुरआमालाई घाँटी थिचेर हत्या गरेको अनुसन्धानबाट खुलेको डीएसपी आचार्यले बताए । त्यसैगरी त्रियुगा नगरपालिका ३ की १६ वर्षीया बोल्न नसक्ने एक फरक क्षमता भएकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सोहि ठाउँ २८ वर्षीय राजन राउतलाई पक्राउ गरेको हो।

यस्तै, वैशाख २० गते राति करिब ८ बजेको समयमा आरोपितले बालिकालाई जबरजस्ती करणी गरेको पीडित परिवारका जाहेरीका आधारमा पक्राउ गरिएको डीएसपी आचार्यले बताए । त्यस्तै लागुऔषध कारोबार गरेको आरोपमा त्रियुगा नगरपालिका १२ का १९ वर्षीय पंकु मल्लिकलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी उनको साथबाट लागुऔषध २४ एम्पुल बरामद गरेको बताएको छ । तीनैजनालाई अदालतबाट म्याद लिइ थप अनुसन्धान सुरु गरिएको डीएसपी आचार्यले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.