कलैयामा चुनावी पोष्टर र ब्यानर हटाउन सुरु

कलैयामा चुनावी पोष्टर र ब्यानर हटाउन सुरु

वीरगन्ज : बाराको कलैया उपमहानगरपालिकामा निर्वाचन आचार संहिता उल्लंघन गरेर सार्वजनिक स्थलमा राखिएका चुनावी प्रचारका सामाग्री प्रहरीले बिहीबारदेखि हटाउन सुरु गरेको छ। बाराका मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीको निर्देशनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले कलैया उपमहानगरपालिकामा दल र उम्मेदवारहरुले सार्वजनिक स्थलमा राखेका ब्यानर, पोष्टर, झण्डालगायतका चुनावी सामाग्रीहरु बिहीबारदेखि हटाउन थालेको हो।

कलैया उपमहानगरका विद्युत र टेलिफोनका पोल, सरकारी कार्यालय, चोक, निजी व्याक्तिका घरहरुमा उम्मेदवारहरुले राखेका चुनावी प्रचारका सामाग्रीहरु बिहीबारदेखि हटाउन थालेको बाराका मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले बताए।

दल र उम्मेदवारहरुले निर्वाचन आचार संहिता उल्लंघन गरेर सार्वजनिक स्थलमा चुनाव प्रचारका सामाग्री राखेको गुनासो आएपछि प्रहरीको सहयोगमा हटाउन थालिएको रेग्मीले बताए। ‘बुधबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकमा धेरै गुनासो आयो। त्यसैले उम्मेदवार सम्पर्क कार्यालय र दलका पार्टी कार्यालयबाहेक अन्य स्थानमा राखिएका चुनावी सामाग्री हटाउन थालेका हौं।'

रेग्मीले डिजे र लाउड स्पीकरबाट गीत बजाएर उम्मेदवारका प्रचार गरिरहेका इरिक्सा, अटोलगायतका सवारी सधानहरुलाई पनि नियन्त्रणमा लिने तयारी भइरहेको बताए।

यता पर्सामा भने निर्वाचन कार्यालयले आचार संहिता विपरित सार्वजनिक स्थलमा राखिएका चुनावी प्रचारका सामाग्रीहरु ह्टाउन कुनै चासो देखाएको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.